विवादका बीच आज पशुपतिनाथमा सुनको जलहरि राखिँदै

१२ फागुन, काठमाडौँ । विवादका बीच आज पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदैछ । यसअघि ढाकिएको जलहरिको चाँदी ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो । तर पशुपति क्षेत्र विकास कोषले चाँदीको ठाउँमा सुनले ढाक्ने निर्णय गरेको हो ।

बुधबार दिउँसो ११ बजेर ४५ मिनेटमा सुनको जलहरि राख्ने तयारी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । सुनको जलहरि राख्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुँदैछिन् ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाउने निर्णय गरिसकेको छ । कोषका अनुसार जलहरिको लागि १०८ केजी सुन लाग्ने अनुमान छ । बसाहा र छानामा समेत गर्दा १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Advertisement

तर शास्त्रीय मान्यता एवं परम्परा अनुसार सुन लक्ष्मीको प्रतीक भएकाले शिवलिंगको जलहरिमा सुनको साटो चाँदी राख्ने चलन छ । यो परम्परा विपरीत सुनको जलहरि राख्न लागेको भन्दै स्थानीय एवं सम्पदाप्रेमीहरुले यसको विरोध गरिरहेका छन् । सुनको जलहरि राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दायर भएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top