Nepal Times
Nepal Times
3
Shares

संघियता असफल पार्ने खेलमा कर्मचारी लागेको प्रचण्डकोे आरोप

संघियता असफल पार्ने खेलमा कर्मचारी लागेको प्रचण्डकोे आरोप

विराटनगर,जेठ २७
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पुराना र ठूलो तहका कर्मचारी संघियता असफल पार्ने खेलमा लागेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी मोरङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । माथिल्लो तहका केही कर्मचारीलाई संघीयता मन नपरेको, सिंहदरबारको अधिकार तल लान मन नलागेको र स्थानीय तहमा जान मन नलागेको मनस्थिति देखिएको उनले बताए ।

प्रदेशको प्राकृतिक स्रोत साधन, कर उठाउने र परिचालन गर्ने, प्रहरीलगायतका विषयले प्रदेश सरकारको क्षमता कस्तो छ भन्ने देखाउने बताउँदै उनले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाइने बताए ।

प्रदेश सरकारलाई आफ्नै प्रहरी फोर्स सञ्चालन, सिडिओसम्मको सरुवा बढुवाको अधिकार दिइयो भने मात्रै प्रदेश सरकार सरकार जस्तो देखिने उनले बताए ।

सरकारले चाहेको भए भाषणमा सिमित हुने खालको बजेट ल्याउन सकिने बताउँदै उनले अहिलेको बजेट देश निर्माणका लागि ल्याइएको उल्लेख गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.