×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अलैँची उत्पादन बढ्दो, बजार मूल्य घट्दो

१२ फाल्गुन २०७७

१२ फागुन, फुङलिङ।

ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएको छ । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताए ।

Advertisement
Advertisement

शुरुमा राम्रो आम्दानी भएपछि खेतीप्रति उत्साहित बनेका किसान अहिले उत्पादित अलैँचीबाट उचित मूल्य नपाउँदा भने निरास भएको अलैँची कृषक सन्तकुमार फेम्बुले बताए । आजभन्दा छ/सात वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसानमा निरासा हुन थालेको मेरिङदेन गाउँपालिका–७ निवासी अलैँची कृषक विमना लिम्बूले बताइन्

पछिल्लो केही वर्षयता सोचेजस्तो मूल्य नआएका कारण फाइदा लिन नसकेका किसानले यस वर्ष पनि उत्पादन वृद्धि भएको तर अलैँचीको मूल्य भने वृद्धि नभएकाले किसान मारमा परेका छन् । यो वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

जिल्लामा गत वर्षभन्दा यस वर्ष १० देखि १५ प्रतिशतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर बिष्टले बताए । जिल्लामा अलैँची खेती गरिएको कूल चार हजार ३०२ हेक्टर क्षेत्रफलमध्ये चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट नियमित उत्पादन भइरहेको बिष्टले बताए । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएको बिष्टले बताएका छन् ।

यता हालको बजार मूल्यअनुसार अलैँची खेती तथा उत्पादनका लागि गरिएको लगानी र श्रम नउठ्नै समस्या भएको फक्ताङलुङ गाउँपालिका–६ निवासी विर्ख लिम्बूले बताए । सिरिजङ्घा गाउँपालिका–७ खेबाङका किसान ज्ञानु लिम्बूले अहिलेको बजार मूल्यले अलैँचीमा भएको लगानी नधान्ने बताए । शुरुमा अलैँचीको राम्रो मूल्य आएपछि सोहीअनुसार श्रमिकको मूल्य बढेको तर अहिले मूल्य घट्दा श्रमिकको श्रम मूल्य भने नघटेकाले हालको अलैँचीको बजार मूल्यले लगानी नधान्ने लिम्बूको भनाइ छ ।

केही वर्षयता अलैँचीको सोचेजस्तो मूल्य नआउँदा किसानलाई खेती छोड्ने कि सम्हाल्ने भन्नेमा दोधारमा पु¥याएको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका किसान बुद्ध दाहालले बताए। शुरुमा राम्रो मूल्य आएपछि अन्न उत्पादन हुने खेतीयोग्य जमीनसमेत मासेर अलैँची खेती शुरु गरेका किसानलाई पछिल्लो समय मूल्य आउन छोडेकाले चिन्तित बनाएको दाहालले बताए । उनका अनुसार अलैँचीले मूल्य पाउने आसै–आसमा किसानले केही वर्षयता समय बिताउनुपरेको छ ।

यस वर्ष अलैँची बजारमा निस्कन थाल्दादेखि नै सोचेजस्तो मूल्य नआएको किसान तथा व्यवसायीको भनाइ छ । सदरमुकाम फुङ्लिङ बजारमा बिहीबार अलैँची प्रतिमन (४० किलाग्राम) रु २४ हजार ५०० मा कारोवार अलैँची जोन ताप्लेजुङका अध्यक्ष तथा वरिष्ठ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिनेश अधिकारीले बताए । विगत एक साताअघि देखि नै सोही मूल्यमा अलैँचीको कारोवार भइरहेको अधिकारीले जानकारी दिए। गोलसाई जातको अलैँची भने प्रतिमन रु २६ हजारमा कारोवार भइरहेको अधिकारीले बताए ।

Advertisement

यस वर्ष हालसम्म अधिकतम प्रतिमन रु २८ हजार र न्यूनतम २० हजारमा अलैँचीको कारोबार भएको अधिकारीले बताए । कुनै बेला रु एक लाख २० हजारसम्ममा समेत अलैँची कारोवार भएको स्मरण गर्नुहुँदै उनले हालको मूल्यले भने किसान र व्यवसायी दुवैलाई फाइदा नरहेको बताए । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीको मूल्य नआउँदा ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा आर्थिक चलखेलमा प्रत्यक्ष असर पुगेको व्यवसायी बताउँछन् ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top