भारतमा दोस्रो चरणको कोरोना खोप अभियान मार्च १ तारिखदेखि

१३ फागुन, काठमाडौँ । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ तारिखदेखि हुने भएको छ ।

Advertisement

सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ तारिखदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाइने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दीर्घरोगीको हकमा भने ४५ वर्षमाथिकालाई पनि खोप दिइने त्यहाँका अधिकारीलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका तथ्याङ्क छ ।

Advertisement

भारतले जनवरी १६ तारिखमा पहिलो चरणको खोप अभियान सुरु गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top