×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

तानातानमा नेकपा सांसद

१५ फाल्गुन २०७७

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन् ।

पुष्पकमल दाहाल र माधव नेपाल समूहका बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दावी गरेको छ । यसै कारण सांसद तानातानमा परेका हुन् ।

Advertisement
Advertisement

फैसलाअनुसार प्रतिनिधिसभाको अब बस्ने बैठकमा दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ ।

प्रधानमन्त्री ओलीले पनि शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन् । ओली समूहको सांसदमा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ । दाहाल नेपाल समूहले सांसदमा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन्त्री ओली त्यसको सामना गर्ने निष्कर्षमा पुगेका हुन् ।

‘हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याए भयो, त्यो अविश्वासको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले फेस गर्नेछन्’, उपप्रधानमन्त्री ईशवर पोखरेलले दाहाल नेपाल समूहलाई चुनौती दिएका छन् ।

‘ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई बनाउनुको कारण पनि सांसदलाई ह्विप लगाउन दाहाल नेपाल समूहमा रहेका गु्ररुङलाई हटाएर भट्टराइलाई ल्याइएको हो’, ओली निकट स्रोतले भन्यो ।

Advertisement

ओलीले शुक्रबार पनि निकटका नेताहरुसँग आफूले राजिनामा नदिने र परिस्थितिको सामना गर्ने बताएका छन् ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top