प्रचण्ड–माधव समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने

 प्रचण्ड–माधव समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने

१७ फागुन, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले तत्काल दलको आधिकारिकता निरूपण गरिदिन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आज बसेको दाहाल–नेपाल समूहको सचिवालय बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी उल्झन खडा भएको भन्दै छिनोफानो गरिदिन आग्रह गर्ने निर्णय गरेको हो ।

त्यस्तै, आजको सचिवालय बैठकले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ । सम्भवतः भोलि नै बैठक आह्वान हुनसक्ने प्रवक्ता नाारयणकाजी श्रेष्ठले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.