×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

२२ फाल्गुन २०७७

२२ फागुन, लमजुङ ।
जिल्लास्थित मालपोत कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

बेंसीशहर नगरपालिका वडा नं ८ फूलबारी चोकमा रहेको कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी अभाव रहेको लामो समय भइसकेको जनाइएको छ । ।

Advertisement
Advertisement

कार्यालयमा दरबन्दीअनुसार १९ कर्मचारी हुनुपर्ने भए पनि हाल सात जना मात्रै दरबन्दीअनुसार कर्मचारी रहेको कार्यालयका मालपोत अधिकृत ईश्वरकमल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दरबन्दीअनुसार प्रमुख मालपोत अधिकृत एक , मालपोत अधिकृत दुई, नायब सुब्बा (नासु) तीन , खरिदार ११ , लेखापाल एक, कम्प्युटर अपरेटर एक हुनुपर्ने थियो ।

यीमध्ये मालपोत अधिकृत श्रेष्ठ, नासु रेशमबहादुर रिमाल, पूर्णबहादुर गुरुङ, खरिदार रुद्धप्रसाद गुरुङ, सिर्जना घिमिरे, ज्ञानराज कँडेल, लेखापालमा जनकराज पौडेल मात्र रहेका छन् ।

कर्मचारी नभएपछि दुई सहायक कम्युटर अधिकृत अस्थायीमा राखिएको छ भने पाँच कार्यालय सहयोग करारमा राखेको कार्यालयले जनाएको छ ।

कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा ढिलासुस्ती, अनलाइन प्रणालीको काम प्रभावित, जग्गा नामसारी गर्नेलगायतका काम गर्न कठिन भइरहेको मालपोत अधिकृत श्रेष्ठको भनाइ छ ।

सामान्य काम एक दिनमै हुने भए पनि अन्य काम भने धेरै समय लाग्ने गरेको छ । एक दिनमै हुने जग्गानाम सारी दिन चार दिनसम्म काम सम्पन्न हुन लाग्ने गरेको छ ।

काम ढिलासुस्ती हुँदा सेवाग्राहीको गुनासा नै गुनासा आउने गरेको यहाँका कर्मचारीको भनाइ छ । कर्मचारी अभावले काममा ढिलाइ हुँदा बढी सेवाग्राही भीडभाड हुने र कर्मचारीलाई बढी कामको चाप हुने गरेको छ ।

दिनहुँ दिन काम थपिँदै जाँदा पहिला पुराना काम गर्ने भएकाले पनि सोही दिनको काम सोही दिनमा नहुने गरेको कार्यालयले जनाएको छ । यहाँ विषेश गरी खरिदारको कमीले बढी समस्या उत्पन्न भइरहेको कार्यालयले जनाएको छ ।

कर्मचारी अभाव भए पनि सक्दो काम भने गर्दै आइरहे पनि समस्या भने धेरै भइरहेको उनको भनाइ छ । कार्यालयमा जग्गा नामसारीलगायतका काम दुई÷चार दिन लाग्दा जिल्लाका विगत गाउँगाउँबाट आएका सेवाग्राही होटलमा बस्नुपर्दा र बढी खर्च हुने गर्दा बढी मर्कामा पर्दै आएका छन् ।

कार्यालयबाट सेवाग्राहीले सहज र छिटोछरितोरुपमा सेवा पाउनबाट बञ्चित हुँदै आउँदा निकै दुःख पाएको महसुस हुने गरेको उनीहरुको भनाइ छ ।

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको जनाउँदै सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि समस्या जस्ताको त्यस्तै रहेको मालपोत अधिकृत श्रेष्ठले दुखेसो गरे ।

Advertisement

उनले भने, “सम्बन्धित निकायले कर्मचारी उपलब्ध नगराउँदा सेवा प्रवाहमा समस्या भइरहेको छ, सेवाग्राहीको नजरमा कर्मचारीले काम नगर्दाको जस्तो पर्न जाँदा हामीलाई अपजस मात्र हुने गरेको छ । ”(रासस)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top