प्रधानमन्त्री कुहिएको अण्डा हुन्ः प्रचण्ड

२१ फागुन ७७, शनिबार

२२ फागुन, काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डाको संज्ञा दिएका छन् ।

कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने तर ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताउँदै उनले अहिले ओली पनि त्यहि कुहिएको अण्डा भएको बताएका छन् ।

विप्लवसँग असन्तुष्ट कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै दाहालले शनिबार यस्तो बताएका हुन्। दाहालले कुहिएको अण्डा एकदमै गन्हाउने भएकाले त्यसलाई गाडिने या जलाइने पनि बताए ।

Advertisement

‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ। हामी स्वस्थवर्दक जीवनशील तत्व हो,’ दाहालले भने।

दाहालले कुहिएको बिग्रेका कम्युनिष्ट आन्दोलनहरूको बारेमा माउत्सेतुङले गरेको व्याख्या विश्लेषण सम्झाए। ‘एकचोटि माउत्सेतुङले बिग्रेका कम्युनिष्टहरू बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो।

Advertisement

अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ। धेरै चिज प्राप्त हुन्छ। तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन,’ दाहालले भने, ‘कम्युनिष्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो केही पनि हुँदैन। अहिले केपी ओली कुहिएको अण्डा हो।’

दाहालले कम्युनिष्ट आन्दोलन एउटा वैज्ञानिक आन्दोलन भएको भन्दै यो कुनै रुढीवादी कूसंस्कृतिको आन्दोलन नभएको बताए। ‘कम्युनिष्ट आन्दोलन विज्ञानसम्मत दृष्टिकोण र वैज्ञानिक मान्यतामा आधारित हो।

यहाँभित्र समाजमा रहेका गलत प्रवृत्ति पनि प्रवेश गर्छन्। गलत राम्रोबीचमा निरन्तर संघर्ष चल्छ,’ उनले भने। दाहालले प्रतिगमनविरूद्धको शान्तिपूर्ण जनयुद्धमा आफूहरू विजयी भएको बताए।

‘मैले पुस ५ गते शान्तिपूर्ण जनयुद्ध घोषणा भएको बताएको थिएँ, त्यो जनयुद्मा हामी विजय भएका छौं,’ उनले भने, ‘आज युवाहरूले कसरी सोच्छन् भन्ने कुराले देशको भाग्य भविष्य अगाडि बढ्छ।’

उनले नेत्रविक्रम चन्द अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाइ दिए। ‘मैले नेतृत्व गरेको पार्टी र आन्दोलनमा विभिन्न कालखण्डमा कन्फ्युजन भयो।

विभिन्न शक्तिहरूले चलखेल गरेर साथीहरू अलग भए,’ उनले भने, ‘उहाँ पनि यही लाइन र यही टिममा आउनैपर्छ, छिट्टै अर्को यस्तै कार्यक्रममा स्वागत गर्ने प्रतिक्षा रहेको घोषणा गर्दछु।’

दाहालले विप्लवलाई आफूले बुझेको र चिनेको बताए। ‘मैले पहिले पनि भनेको थिएँ क्रान्तिको एउटा प्रक्रियामा दुई वटा प्रचण्ड हुँदैनन् भनेर,’ दाहालले भने, ‘विप्लव प्रचण्डकै बाटोमा आउनुभयो। म धन्यवाद दिन चाहन्छु।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top