ओली समूहको संसदीय दलको बैठक सुरु

२२ फागुन ७७, शनिबार
Share this
757shares

२२ फागुन, काठमाडौं ।
शनिबारका लागि बोलाइएको नेकपा ओली समूहको संसदीय दलको बैठक सुरू भएको छ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।

प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top