×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दलको नेताका लागि प्रचण्डको मरिहत्ते ! (भिडियो)

२२ फाल्गुन २०७७

२२ फागुन, काठमाडौं । ठूलो जनप्रर्दशनपछि प्राप्त उपलब्धिका रुपमा ब्याख्या गरिएको पुनस्र्थापित संसदको बैठक भोलि बस्दैछ । राजनैतिक रुपमा विभाजित सत्तापक्ष एकै बेञ्चमा बस्नेगरी व्यवस्था मिलाइएको छ तर सत्तारुढ दलका नेताहरु अघिल्लो दिनसम्म आफ्नै दलका नेताको खिसिट्युरी गर्न व्यस्त छन् ।

गत पुस ८ गते नेकपाको प्रचण्ड–माधव समूहले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गर्यो । सो समूहले शुक्रबार फेरि प्रचण्डलाई नै संसदीय दलको नेतामा चयन गर्यो । तर ओली समूहका नेताले भने यसमा व्यंग्य गरेका छन् । ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई चर्चामा ल्याउन कै लागि दलको नेतामा चयन गरिएको भन्दै व्यंग्य गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–प्रचण्ड जत्तिको चर्चित नेतालाई विधि र प्रकृया नै नपुर्याई पटक पटक संसदीय दलको नेता चुनिएको भनेर चर्चामा ल्याउनु आवश्यक थियो र ? दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै प्रचण्ड–माधव समूहले फागुन ८ गते ओलीलाई हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको थियो । संसद् पुनस्र्थापना भएपछि विधिवत रुपमा शुक्रबार फेरि प्रचण्डलाई दलको नेतामा चयन गर्यो । बहुमत सांसदले दलको नेतामा चयन गरेको प्रचण्ड–माधव समूहको दाबी छ तर ओली समूहले भने विधिपूर्वक नबोलाइएको भन्दै चर्चामा आउनका लागि मात्र दलको नेता चयन गरिएको बताएको छ । भोलि पुनस्र्थापित संसदको पहिलो वैठक बस्दैछ । संसदीय दलमा बहुमत दाबी गर्ने प्रचण्ड–माधव समूहले राजीनामा मागेपनि प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिएपछि प्रचण्ड–माधव समूह कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव लैजाने प्रयासमा छ । कांग्रेसलाई सरकारको नेतृत्व दिने गरी लबिङ गरेपनि कांग्रेसको एक खेमा सरकारको नेतृत्व गर्न तयार छैन । तर ओलीविरुद्ध सडकबाट आगो ओकलेको कांग्रेसले प्रचण्ड–माधव समूहलाई अविश्वास प्रस्तावमा सघाउँदै नयाँ सरकार गठनमा समर्थन गर्ने सम्भावना छ । अविश्वास प्रस्ताव प्रचण्ड–माधव समूहले राखेर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भए भर्खरै चयन गरिएका दलका नेता प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने संभावना छ ।

Advertisement
Advertisement

Advertisement

 

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top