डोटीका भूमिहीन बादी समुदायका लागि घर निर्माण सुरु

२६ फागुन, डोटी । वर्षौंदेखि घर र जमिन नभएका डोटीका बादी समुदायका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले जमिन खरिद गरेर घर निर्माण गर्न सुरु गरेको छ ।

Advertisement

जिल्लाको दिपायल सिलगढी नगरपालिका –४ मा सरकारी जसमनमा बस्दै आएका वादी समुदायका भूमिहीन सात परिवारकालागि अब घर बन्ने भएका छन् । नगरपालिकाले कार्यविधि बनाएर ती सात परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि २÷२ कोठे घर पनि निर्माण गर्नका लागि शिलान्यास गरिएको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिइन् । दुई कोठे सात घर निर्माणका लागि ४१ लाख ४९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

आफ्नो चुनावी घोषणापत्रको एजेण्डा, पार्टीको सरसल्लाह र संविधानमा भएको व्यवस्था बमोजिम भूमिहीन बादी समुदायका सात घरपरिवारलाई नगरपालिकाले जग्गा खरिद गरी, लालपुर्जा प्रदान गरि घर निर्माणका लागि शिलान्यास गरिएको नगर प्रमुख मलासीले बताइन् ।

Advertisement

उनले भनिन्, “घर जमिन नभएर सुकम्बासी भएर सार्वजनिक जमिनमा बसेका बादी समुदायका लागि घर निर्माण गर्ने हाम्रो योजना र लक्ष थियो, त्यही अनुसार अहिले जग्गा खरिद गरी घर निर्माणको काम सुरु भएको छ ।”

घर निर्माणका लागि नगरपालिकाले कार्यविधि नै बनाएर आर्थिक वर्ष २०७५÷२०७६ को १२ लाख रुपैयाँबाट तीन घरपरिवारलाई र आर्थिक वर्ष २०७६/०७७ को रु १२ लाख रकमबाट चार घरपरिवारलाई गरी जम्मा सात घरपरिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरिएको छ ।

Advertisement

दिपायल सिलगढी नगरपालिकाले विसं. २०७६ वैशाख ५ गते पुस्कर बादी, गणेशबहादुर बादी र श्याम दासलाई उक्त जग्गाधनी पूर्जा प्रदान गरेको थियो भने माया बादी, भक्तबहादुर दास, तेजबहादुर दास, दीलबहादुर बादीलाई आज जग्गाधनी पुर्जा प्रदान गरेको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले जानकारी दिइन् । उनका अनुसार उक्त जग्गा बिक्रीवितरण भने गर्न नपाइने गरी जग्गाधनी पुर्जा प्रदान गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले उनीहरुका लागि जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले घर निर्माणमा सहयोग गरेको हो । चालु आर्थिक वर्षको असार मसान्तभित्र सात वटै घरहरु निर्माण गरिसक्ने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गएको माघ १० गते सम्झौता भइ निर्माणको जिम्मा पाएको नागार्जुन कन्स्ट्रक्शन कञ्चनपुरका प्रतिनिधि सुचित्र शाहले बताइन् । दुई कोठे सात घर निर्माणका लागि ४१ लाख ४९ हजार ९८ रुपैयाँ ठेक्का सम्झौता भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top