दक्षिण कोरियाले सबै विदेशी नागरिकको कानुनी अवस्था नहेरी निःशुल्क कोरोना परीक्षण गरिदिने

२६ फागुन ७७, बुधबार
Share this
781shares

२६ फागुन, काठमाडौँ । दक्षिण कोरियाले सबै विदेशी नागरिकको कानुनी अवस्था नहेरी निःशुल्क कोरोना परीक्षण गरिदिने भएको छ ।

Advertisement

कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले वैध र अवैध श्रमिकलाई नछुट्ट्याइ सबैको निःशुल्क कोरोना परीक्षण गर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

कोरोना परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्थाबारे सोधिने छैन । दक्षिण कोरियामा पछिल्लो समय कोरोना सङ्क्रमण घट्दो क्रममा रहे पनि कोरियामा बसोबास गर्ने विदेशी नागरिकमा भने लगातार रूपमा सङ्क्रमण देखिएको भन्दै मन्त्रालयले दूतावासलाई पत्र लेख्दै कोरियामा रहेका सबै नेपालीलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।

Advertisement

दूतावासले कोरियामा कार्यरत सबै श्रमिकलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top