कतारमा सुरक्षा गार्डमा जीटुजी गर्ने तयारी

२६ फागुन ७७, बिहीबार

वैदेशिक रोजगारीका लागि खाडीको आकर्षक गन्तव्य मुलुक कतारमा सुरक्षा गार्डमा सम्झौता संशोधन गरी जीटुजी मार्फत नेपाली कामदार पठाउन सरकाले तयारी थाल्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारमा सुरक्षा गार्डका लागि जीटुजी प्रणालीमार्फत नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने तयारी सुरु गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले यस्तो जानकारी गराएका हुन् । आगामी सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपका लागि कतारलाई आवश्यक पर्ने नेपाली कामदार पठाउन जीटुजी मोडल अपनाउन छलफल भइरहेको उनले बताए । जसका लागि सरकार आफैले कतारमा सुरक्षा कार्डलगायत अन्य क्षेत्रका नेपाली कामदार पठाउन कतारका राजदूतसँग समेत छलफल गरेको मन्त्री चौधरीले जानकारी दिए ।

विगतका दिनमा कतारमा वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा म्यानपावर व्यवसायीद्वारा नेपाली कामदार पठाउँदै आएका थिए । तर, आगामी दिनमा सरकारले जीटुजीमार्फत कतार पठाउन सकेमा नेपाली कामदारलाई निकै फाइदा र राहत मिल्ने सम्बन्धित सरोकारवाला बताउँछन् । जीटुजीमार्फत नेपाली कामदार पठाउन सकिए श्रम शोषणमा पर्ने जस्ता समस्या विस्तारै हट्दै जाने दाबी उनीहरुको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top