कम्युनिष्ट पार्टीको बिरुद्धमा लड्नुपर्ने बेला भयोः देउवा

२८ फागुन ७७, शनिबार

२९ फागुन, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको बिरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन् ।

Advertisement

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन् ।

कम्युनिष्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए । उनले भने – ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले ।

Advertisement

अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी । कम्युनिष्ट एकदलिय सर्वसत्तावाद लागु गर्न चाहान्छ । झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफु सत्तामा बसिरहने कुरा हो ।

हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउनु आवश्यक छ । स्थायी गराउन, कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस् । सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ हामीले ।

Advertisement

पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौँ । अहिले पनि कम्युनिष्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुुपर्ने बेला भएको छ । प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा ।

त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ । अरु प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’ कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए ।

नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उनले परिस्थिति आइप¥यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे । उनले भने – ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन ।

र परिस्थिति प¥यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’ सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए ।

महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाई छ । उनले भने – ‘हाम्रो पार्टीले महिला दिदीबहिनीहरुलाई पनि नेपालको संविधान अनुरुप बराबर नै ३३ प्रतिशत महिलाहरुलाई हाम्रो पार्टीमा पनि आरक्षण गरेका छौँ हामीले ।

महिलाहरुलाई पार्टीमा जबसम्म आकर्षित गर्न सकिदैन, तबसम्म पार्टीको जित कहिल्यै हुँदैन । महिला शक्ति हो । जिताउन सक्छ महिलाहरुले, हराउनपनि सक्छ । महिलालाई जस्तो अधिकार देशले दिएको छ त्यो अधिकार कांग्रेसले पनि दिएको छ ।

महिला मतदातालाई हाम्रो पार्टीमा आकर्षित बढी गराउनुप¥यो ।’ महिला मतदातालाई नेपाली कांग्रेस पार्टीमा आकर्षित गराउनुपर्नेमा सभापति देउवाले जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top