प्रधानमन्त्री ओलीसँग सहकार्य हुन सक्छः जसपा नेता कर्ण

२९ फागुन ७७, शनिबार
Share this
760shares

२९ फागुन, काठमाडौं।

Advertisement

जनता समाजवादी पार्टी, नेपालका नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले आफ्नो पार्टी सबैसँग छलफलमा रहेकोले अहिले नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग निरन्तर छलफलमा रहेको बताएका छन् । आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन हुनुपर्ने आफूहरुको मुख्य एजेण्डा रहेको पनि उनले सुनाए।

काठमाडौंमा शनिबार भएको साक्षात्कारमा नेता कर्णले आफूहरुसँगको छलफलमा प्रधानमन्त्री ओली सकारात्मक रहेको पनि प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रो माग र मुद्दामा उहाँले म सकारात्मक छु भन्नुभएको छ । तर, ठोस सहमति भएको छैन् । तर, उहाँले मुद्दा फिर्ता र कैदी बन्दी रिहाईको लागि संविधान र कानूनअनुसार अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।’ उहाँले आफूहरुले अहिले नै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भनेर नभनेको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो माग पूरा गर्नुभयो भने समर्थन हुन्छ । तर, उहाँहरुको एउटै पार्टीमा पनि एकरुपता छैन् ।’

Advertisement

उनले केपी ओलीलाई आफूहरुले कुनै भेदभाव नगर्ने पनि टिप्पणी गरे । उनलृ भने, ‘उहाँसँग हामीलाई कुनै नफरत छैन्, भेदभाव छैन् । अछुतो पनि छैन् । माग पूरा गर्नुभयो भने सहकार्य हुन्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top