×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

ओली कठोर हुँदा एमाले फुटको बाटोमा (भिडियो)

२९ फाल्गुन २०७७

२९ फागुन, काठमाडौं । नेकपाबाट नेकपा एमालेमा आईपुगेको एमाले फुटको संघारमा पुगेको छ ।

नेकपामा हुदा जुन फुटको संभावना थियो त्यो संभावना फेरि एमालेमा आईपुग्दा समेत जिवितै देखिएको छ । सर्वाेच्चको फैसलापछि नेकपा माओवादी केन्द्रबाट मात्र केही नेता बाहिरिउका छन् भने एमाले भने छिन्नभिन्न अवस्थामा पुगेको छ। फागुन २३ को सर्वोच्चको फैसलापछि एक जुट हुने अनुमान गरिएको एमाले, अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयले फुटको बाटोमा लागेको नेताहरुले बताउन थालेका छन् । नेता प्रदीप नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायतले एमाले एक हुने सम्भावना अब नरहेको बताएका छन् । विधानको बाधा अड्काउ फुकाउँदै माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसहित उनिहरु निकट नेतालाई घुमाउरो शैलीमा ओलीले कारबाही गरेपछि एमाले फुटको बाटोमा लागेको देखिएको छ । परिस्थिती २०५४ मा पनि यस्तै थियो, जतिबेला एमाले फुटेर बामदेव बाहिरिएका थिए । ०५१ सालको मध्यावधि चुनावपछि सरकार चलाएको एमालेले बामदेव गौतमलाई उपमहासचिव बनायो । पछि सरकार ढलेपछि गौतमलाई पदबाट हटाउने अभियानमा लागे महासचिव माधव नेपाल । तर उल्टै, गौतम, खनाल, सीपी मैनाली लगायतका नेताले महासचिवबाट नेपाललाई हटाउन अभियान नै चलाए । नेपालविरुद्ध अविश्वास प्रस्तावमा उनि इतर पक्षको बहुमत भएपनि नेपालले टार्दै गएपछि खनाल–गौतम पक्ष कमजोर हुँदै गयो । त्यसरी सुरु भएको विवाद ०५३ सालमा महाकाली सन्धी संसदबाट पारित गर्ने बेलामा विभाजनको संघारमा पुग्यो । सन्धीको चर्को विरोधमा उत्रिएका गौतमले, आफ्नो खेमाका चौधजनालाई केन्द्रीय सदस्य बनाउन नेपाल र ओली नमानेपछि ०५४ सालको महाधिवेशनपछि एमाले फुटाए । पार्टी फुटाएर सीपी मैनाली लगायतलाई साथमा लिँदै माले को नेतृत्व गरेका गौतम ०५८ सालामा पुनः एमाले मै मिसिएका थिए ।

Advertisement
Advertisement

अहिले पनि एमाले भित्रको कलह त्यही रुपमा अघि बढेको छ । तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डसँग सहकार्य गरेका माधव नेपाल पक्षलाई ओलीले एकतर्फी रुपमा पद बिहिन बनाइदिएपछि नेपाल पक्ष रुष्ट मात्र छैन, एमाले एकता हुन नसक्ने बताउन थालेको छ । सर्वोच्चको फैसलापछि एमाले भित्रै रहेर विवाद समाधान गर्ने मनस्थितीमा फर्किएको नेपाल पक्षलाई वैठकमा सहभागी नै नगराइ उल्टै कारबाही गरेपछि भने ओली इतर पक्षका नेता त्रसितसँगै आक्रोशित भएका छन् । लामो समय एमाले कै नेतृत्व गर्दै समानान्तर शक्ति दाबी गर्ने नेपाल र उनि निकट नेताहरुप्रति ओली कठोर ढंगले प्रस्तुत भएपछि माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम सहितका नेता एकताबद्ध हुँदा एमाले फुटको दिशामा अघि बढ्न लागेको जस्तो देखिएको छ ।महाधिवेशनको मिति तोक्दै ओलीले आफू पक्षीय नेताहरुलाई अवसरसहित नेपाल पक्षीय नेताहरुलाई पदविहीन अवस्थामा पुर्याइदिएपछि एकता हुने संभावना क्षिण बन्दै गएको देखिन्छ । तर विधानत एमालेबाट दल विभाजन गरी अलग्एिर जाने आवश्यक संख्या नेपालपक्षमा नरहदा अबको बाटो यो समूहका लागि कठिन देखिन्छ ।

Advertisement

 

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top