×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

‘एकीकरण पदमार्ग’मा नेपाली सेनाको पदयात्रा

१ चैत्र २०७७

१ चैत, काभ्रेपलाञ्चोक ।

नेपाली सेनाले नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोलाई ‘एकीकरण पदमार्ग’ नामाकरण गरी शनिबार पदयात्रा कार्यक्रमको आयोजना ग¥यो । पदयात्रा कार्यक्रमको आज प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।

Advertisement
Advertisement

पदयात्रामा स्थानीय जनप्रतिनिधिलगायत करिब २०० को सहभागिता रहेको धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले जनायो । प्रधानसेनापति थापा र धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले संयुक्तरूपमा आजै धुलिखेलस्थित पर्यटकीय देवीस्थानडाँडामा निर्मित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्णकद शालिकको अनावरण गरी झण्डोत्तोलन गरेका थिए।

नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोलाई प्रवद्र्धन गरी ‘टे«किङ टे«ेल’का रूपमा विकसित गर्ने योजनाका साथ पहिलो चरणमा पदयात्रा कार्यक्रमको आयोजना गरिएको गणपति मिलन थापाले बताए ।

थापाका अनुसार पदयात्रा धुलिखेलस्थित ब्यारेकबाट बुरु भई देवीस्थान (काभ्रे–कोट) हुँदै शारदाबतासे, चौकोटबाट ऐतिहासिक नगरी पनौतीस्थित इन्द्रश्वर महादेव मन्दिरमा अपराह्न समापन गरिएको हो । गणले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले विसं १८०३ देखि १८२० सम्म काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान गरी एउटा पदमार्गमा पदयात्रा कार्यक्रमको आयोजना गरिएको गणपति थापाले जानकारी दिए । गत वर्ष धुलिखेलस्थित तत्कालीन विष्णुदल गणले ‘भ्रमण वर्ष–२०२०’ लक्षित ‘युनिफिकेशन टेकिङ टेल’ प्रवद्र्धन योजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोकिएको थियो ।

एकीकरण पदमार्गलाई ‘टेकिङ टेल’का रूपमा विकसित गर्ने योजनाका साथ काभ्रेपलाञ्चोकमा छवटा पदमार्ग पहिचान गरिएको छ । विष्णुदल गणले एकीकरण पदमार्ग पहिचान संरक्षण, संवद्र्धन र सैनिक इतिहास प्रवद्र्धन गर्ने उद्देश्यले छवटा पदमार्ग पहिचान गरेको थियो । विष्णुदल गण रसुवा र कालीजङ्ग गण धुलिखेल सरुवा भएपछि कालीजङ्ग गणले उक्त योजनालाई पूर्णता दिन थालेको हो ।

थापाका अनुसार पहिचान भएका छ पदमार्गमध्ये १८२० कात्तिक १० गते धुलिखेल विजयपश्चात चौकोट–शारदाकोट–गोरखनाथ हुँदै सोही कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा गरिनेछ । उक्त १० किलोमिटर लम्बाइको उक्त पदमार्गमा गणले एक दिनको पदयात्रा कार्यक्रम तालिका बनाएको छ । काभ्रेपलाञ्चोक एकीकरणका दौरान तत्कालीन अवस्थामा प्रयोग गरिएका पदमार्ग, कोट, धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर र ऐतिहासिक कला संस्कृति झल्कने स्थानलाई योजनामा समेटिएको छ ।

विभिन्न अखिलेखअनुसार सेनाद्वारा पहिचान गरिएका अन्य पदमार्गमा १८०३ मा नगरकोट कब्जा गरेपश्चात १८१६ मा नगरकोट–अनेकोट–लामीडाँडा हुँदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएका बाटो, १८१८ मा पलाञ्चोक विजयपश्चात भमरकोट–काभ्रेकोटसमेत विजय गरी सोही असार ३० गते चौकोटमाथि हमला गर्दा प्रयोग भएको बाटो, चौकोट विजयपश्चात फस्कोट–फुलबारीकोट–बुचाकोट–मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटो, तेमालकोट विजयपश्चात १८२० कात्तिक १० गते धुवाँकोट–दाप्चा–नमोबुद्ध–फस्कोट हुँदै पुनः चौकोट विजय र सोही दिन कोटखेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटो र धुलिखेलबाट गोसाइँस्थान–नालाकोट–साँगा हुँदै बनेपा र पनौतीबाट नागीडाँडा–साँगा हुँदै बनेपा आउन प्रयोग गरिएका बाटो रहेका छन् ।

‘टे«किङ टेल’ बनिसकेपछि ऐतिहासिक एवं कला झल्काउने स्थानलाई विश्वमा चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । टे«किङ टेलअन्तर्गत शुरुआत स्थल, सङ्केत केन्द्र, मेडिकल, खानेपानी, शौचालयजस्ता भौतिक संरचना धुलिखेल र पनौती नगरपालिकाभित्र बन्ने भएकाले ती दुई स्थानीय तहले निर्माणमा सहयोग गर्नेछन् ।

Advertisement

टेकिङ टेल निर्माणपछि स्थानीय तह, होटल एशोसिएशन नेपाल तथा उद्योग वाणिज्य सङ्घलगायत सामाजिक संस्थाले त्यसलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि ‘पर्यटकीय रुट’का रुपमा समेत विकसित गर्न सुझाइएको छ । पर्यटकीय नगरी धुलिखेल र ऐतिहासिक एवं धार्मिक नगरी पनौती नगरले समन्वय गरी टेकिङ टेललाई स्थापित गर्न सरोकारवालाबीच विभिन्न चरणमा छलफलसमेत हुँदै आएका छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top