राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन नेपाल समूहले पत्रकार सम्मेलन गर्दै

३ चैत्र, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको छ।

चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय प्रचार विभागले बताएको छ।

नेता योगेश भट्टराईका अनुसार आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम छ।

Advertisement

यो कार्यकर्ता भेला रोक्न प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्माले आग्रह गरेका थिए। सोमबार नेता नेपालसहित धुम्बाराहीमा आयोजित छलफलमा ओलीले कार्यकर्ता भेला नगर्न भनेका थिए।

तर नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएको छ। साथै प्रधानमन्त्री ओलीले आज बालुवाटारमा केन्द्रीय सदस्यका लागि गर्न लागेको चियापान समारोहमा नेता नेपाल पक्षका नेताहरू नजाने भएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top