चार वर्ष राम्ररी सुत्ने भए बारूदको गन्ध फैलाउन बन्द गर्न किम जोङ उनकी बहिनीको अमेरिकालाई चेतावनी

३ चैत्र, एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई चेतावनी दिएकी छन् ।

मंगलबार सरकारी पत्रिकामा प्रकाशित जोङको वक्तव्यमा अमेरिका र दक्षिण कोरियाबीच गत सता सुरू भएको संयुक्त सैन्य अभ्यासको विरोध गरिएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्रमण थालेको अर्को दिन उत्तर कोरियाली शासककी शक्तिशाली बहिनीले यस्तो चेतावनी दिएकी हुन्। सोमबार जापान आइपुगेका ब्लिन्केन र अस्टिन द्वीपक्षीय वार्ताका लागि बुधबार दक्षिण कोरिया आउँदै छन्।

Advertisement

उनीहरूले जापान र दक्षिण कोरियामा गर्ने उच्चस्तरीय राजनीतिक कुराकानीको केन्द्रमा उत्तर कोरिया नै हुनेछ।

उत्तर कोरियाका शासक उनसँग पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता गरेका थिए। उनीहरूबीच कोरियाली प्रायद्वीपमा सैनिक तनाव कम गर्ने सहमति पनि भएको थियो।

Advertisement

अहिले उत्तर कोरिया उक्त सहमतिबाट पछि हट्ने मनस्थितिमा छन्।

’हामीले एक आँखाले दक्षिण कोरियाको रवैया र व्यवहार हेरिरहने छौं। यदि उनीहरूले उत्तेजना फैलाए भने हामी असाधारण तरिका अपनाउने छौं,’ जोङले भनेकी छन्,’ समुद्रबाट हाम्रो भूमिमा बारूदको गन्ध फैलाउन खोजिरहेको अमेरिकाको नयाँ प्रशासनलाई पनि म यही बेलामा भन्न चाहन्छु– आउने चार वर्ष राम्ररी सुत्न मन छ भने सुरूदेखि नै यस्तो काम गर्नु तिनीहरूकै लागि राम्रो हुने छैन।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top