होटल ब्यवसायी भन्छन्, ‘राजनीति बाहेक अरु तिर सरकारको ध्यान गएन’

पुजा बेल्वासे

३ चैत्र, काठमाडौँ । कोरोना कहरको कारण बर्ष दिनसम्म थला परेका होटल व्यवसायमा विस्तारै चहलपहल बढेको छ । होटल एसोसियसन अफ नेपाल (हान)का महासचिव साजन शाक्य पर्यटकको संख्या बढाउन नेपाल सरकारले अन्तराष्ट्रिय बजारमा नेपालमा कोभिड १९ संक्रमणको जोखिम कम रहेको सन्देश प्रवाह गर्नुपर्ने बताउँछन्। शाक्य भन्छन् “कोरोना कहर पछि ९० प्रतिशत होटल व्यवसाय संचालनमा त आए तर ग्राहक खै? पर्यटक आवागमन कम भएको छ।’

हाल पर्यटक आउँदा ५ दिन अनिवार्य क्वारेनटिनमा बस्नु पर्ने प्रवधान रहेकोमा त्यसलाई हटाउनुपर्नेमा उनले जोड दिए। कोरोनाको कारणले होटल व्यवसायीले महिनामा ३ अर्ब बराबर नोक्सान व्यर्होनु परेको उनले बताए।

Advertisement

सरकारले अन्तरराष्ट्रिय उडान सुचारु गरे पनि अनअराइभल भिसा दिएको छैन। पर्यटकहरु आउन चाहे पनि आउन नपाएको अवस्था छ । सरकारले यसमा नीति परिवर्तन गर्न आवश्यक रहेको शाक्य बताउँछन्। नेपालमा कुल होटल व्यवसायीहरु ३ हजार ५ सय रहेका छन्। धेरैले अहिले नोक्सान व्योहोरिरहेका छन्।

व्यवसायलाई पूरानो लयमा फर्काउन अझै ४ देखि ५ बर्ष समय लाग्ने शाक्यले बताए। कोरोना कहरको लामो समयपछि सरकारले पर्यटन क्षेत्रलाई सञ्चालन गर्न दिए पनि होटल सञ्चालन गर्न भने समस्या रहेको होटेल व्यवसायीहरुले बताएका छन्।

Advertisement

पर्यटन आउने सम्भावाना कम भएकाले होटलमा ग्राहक नै नहुने हो कि भन्ने व्यवसायीहरु चिन्तामा रहेका छन्। एयरपोर्ट होटलका व्यवसायी विनायक शाहले होटेल व्यवसायी र पर्यटक एकअर्काको परिपूरक रहेको बताउँदै कोरोनाको असरबाट सबै व्यवसायी थला परेको बताए । अहिले पनि स्वास्थ्य प्रोटोकल अपनाएर व्यवसाय सञ्चालन भइरहेको उनले बताए।

यद्यपि हाल कोरोना विरुद्धको खोप आइसकेको छ। ‘तर पर्यटकहरु आउन नसकेको अवस्था छ’ शाह भन्छन् ‘सरकारले नीति ल्याउछ तर व्यवहारमा लागू गदैन जसले गर्दा हामी व्यवसायीहरुको लगाानी पनि जोखिममा परेको छ।’

अहिले सरकारले होटल व्यवसायीका लागि लगानी गर्नु पर्नेमा उनले जोड दिए । कोरोना कहरका कारण होटल व्यवसायी नराम्ररी थला परेको भन्दै उनले सरकारले सहयोग नगरेको गुनासो गरे।

उनी भन्छन् ‘अहिले सबै कुरा राजनीति भइहाल्यो , अहिले राजनीति बाहेक अरु ठाँउमा सरकारको ध्यान गएको छैन।’ आफूहरुले पर्यटनका लागि प्याकेज बनाए पनि राजनीति खिचातानीले कार्यान्वयन हुन नसकेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top