×

NEPAL TIMES UPDATES

Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026

धम्कीको भाषा नबोल्न प्रधानमन्त्रीलाई यागेशको चेतावनी

३ चैत्र २०७७

३ चैत, काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन मंगलबार ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई शक्ति र धम्की भाषा प्रयोग नगर्न चेतावनी दिएका हुन् । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान समारोह गरेर गुटगत भेला गरे कारवाही हुन सक्ने संकेत गरेका प्रधानमन्त्रीलाई उनले अहंकारको भाषा प्रयोग नगर्न सुझाव दिए ।

Advertisement
Advertisement

कारवाही गरेर राजनीतिक अगाडि नबढ्ने भन्दै उनले आफुहरु कारवाही भोग्न तयार रहेको बताए । अंहकारी शैली बढ्दै गए प्रधानमन्त्रीको दुःखमा दुईथोपा आशु चुहाउने मान्छे पनि फेला पर्न नसक्ने भन्दै उनले इतिहासको कठघरामा उभिदाँ आईपर्न सक्ने प्रश्नको उत्तर दिने हिम्मत राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । इतिहासले सोधेका प्रश्नको उत्तर दिन नसकेका बेला प्रधानमन्त्री ओलीलाई इतिहासले कठोर कारवाही गर्ने दाबी गरे ।

उनले भने “कारवाहीले मुलुक अघि बढ्दैन । राजनीति अगाडी बढ्दैन । पार्टी अगाडि बढ्दैन । यो अंहकारपुर्ण अभिव्यक्ति हो । हामीलाई कुनै दुख छैन । हामी सबै एकपछि अर्को कारवाहीको निम्ति लामबद्ध छौ । कारवाही खानको लागि तयार छौ । हामीलाई कुनै पश्चताप छैन । मुलुकका लागि संविधानका लागि र हामीले प्राप्त गरेको जनसमर्थनको लागि उभिएको मान्छे हो । हामीलाई त्यसमा कुनै हिनताबोध छैन । त्यसैले तपाईले गर्ने प्रत्येक कारवाहीका लागि हामी लामबद्ध छौ । जब इतिहासको कठघरामा तपाई उभिनुभएको छ । जब इतिहासले सोधेका प्रश्नको तपाई उत्तर दिन असमर्थ हुनुहुन्छ, त्यो बेला इतिहासले तपाईलाई कठोर कारवाही गर्छ । सायद त्यो बेला तपाईको निम्ति दुईथोपा आसु चुहाउने मान्छे नहुनपनि सक्ला । त्यसैले धम्कीको भाषा नबोलौ। संयमताका साथ अगाडि बढौ मेरो आग्रह छ ।”

उनले पार्टीको इतिहासतर्फ फर्केर हेर्न र दललाई सुदृढ बनाउने काममा लाग्न पनि उनले प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

उनले भने “म पार्टीको तर्फबाट, सांसदको तर्फबाट अध्यक्षलाई भन्न चाहन्छु दुई बर्ष बालुवाटारमा चैनका साथ बस्ने हो भने यो बारुदको गन्ध नफैलाउनुहोस् । यसले तपाईलाई दुर्घटनातर्फ लैजान्छ । ”

उनले बुधबार काठमाण्डौमा हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता ग्रहण गर्न प्रधानमन्त्रीलाई अनुरोध गरे । देशभरीबाट आएका कार्यकर्ता नेकपा एमालेकै भएको र पार्टी अध्यक्षको हैसियतले आफ्ना कार्यकर्ताको भेलाको प्रमुख आतिथ्यता ग्रहण गरि सम्बोधन गर्न उनले आग्रह गरे ।

उनले भने “यो भेला तपाईकै हो । तपाई नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस् । कसैलाई तपाईले खटाउनै पर्दैन नजर लगाउन । आफै आउनुहोस् । यो भेलामा को को आएका छन् देशभरीबाट तपाई नै हेर्नुहोस् । प्रमुख आतिथ्यता ग्रहण गर्नुहोस् । उद्घाटन गर्नुहोस् । देशभरीबाट आएका तपाईकै कार्यकर्ता हुन् । तपाईकै सदस्य हुन् । के भन्नुहुन्छ उहाँहरुलाई तपाईले भन्नुहोस् । त्यसको निम्ति म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । ”

प्रधानमन्त्री ओलीले बालुवाटारमा भएको चियापानमा भोलीको भेलामा पनि नजर लगाउने अभिव्यक्ति दिएका थिए । नेता भट्टराईले आवेग र उत्तेजनामा नआउन प्रधानमन्त्रीलाई अनुरोध गरे ।

Advertisement

उनले भने “यो बुद्धको देशको हो । बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुदैन । प्रधानमन्त्री जी बुद्धको अनुयायी पनि हुनुहुन्छ । बुद्धको अनुयायी पनि भएको प्रधानमन्त्रीलाई म यति मात्रै भन्न चाहन्छु , आज बालुवाटारमा तपाईको भाषा शक्तिको भाषा छ । म विनम्रताका साथ भन्नु चाहन्छु कि त्यो भाषा बदल्नुहोस् र शान्तिको भाषा बोल्नुहोस् । मेरो सबैभन्दा पहिलो अनुरोध छ । ”

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top