४ चैत, ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ स्थित जंगलमा आगलागी भइरहेको छ । बस्ती छेउमा रहेको जंगलमा गएरातीदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगो नियन्त्रणका लागि स्थानीयबासी र प्रहरीले मात्र नसकेपछि अहिले थप जनशक्ति पठाइँदैछ ।