कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायमै छः माधव नेपाल पक्ष

४ चैत, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधव नेपाल पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिएको जनाएको छ ।

Advertisement

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका प्रकाश ज्वालाले सांसदलाई जानकारी नै नदिइ बसेको एउटा गुटको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आश्चर्य प्रकट गरेका छन् ।

प्रदेश सभा सदस्य प्रकाश ज्वालाले एमाले प्रदेश सभा दलको नाममा गुटगत बैठक गरेको र बैठकले गरेका निर्णयमा आफूहरूको असहमति भएको जानकारी दिए ।

Advertisement

सामाजिक सञ्जाल फेसबुकमा उनले बैठकले गरेका निर्णयमा आफूहरूको असहमति भएको र कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ । औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरूप्रति हाम्रो असहमति छ । यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौँ । कर्णाली प्रदेश सरकारप्रति नेकपा एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौँ ।’

Advertisement

कर्णालीमा एमाले २० जना सांसद रहे पनि बुधवार १० जना सांसदसहित बसेको संसदीय दलको बैठकले माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top