७ चैत, काठमाडौँ । आज देशभरको मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित देशभरिको मौसम बद्ली हुने मौसमविद् गंगा नगरकोटीले बताए ।

अहिले प्रदेश नम्बर १ बाहेक अरु ठाउँमा बादल लागेको छ । प्रदेश १ मा पनि दिउँसोपख बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए ।

आज राति प्रदेश नम्बर १ को पहाडी भागमा आंशिकदेखि सामान्य बद्ली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *