अमेरिकाले पुटिनलाई हत्याराको आरोप लगाएलगत्तै बाइडेनको सर्वत्र आलोचना सुरु

७ चैत, एजेन्सी । अमेरिका र रुसबीच भइरहेको वाकयुद्धको सर्वत्र आलोचना भइरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई हत्याराको आरोप लगाएलगत्तै बाइडेनको सर्वत्र आलोचना सुरु भएको हो ।

टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले पुटिनविरुद्ध अमेरिकाले लगाएको आरोप तथ्यहिन भएको टिप्पणी गरेका छन् ।

उनले यसअघि बाइडेनले आफूमाथि पनि विभिन्न आरोप लगाएको भन्दै एर्दोगनले राष्ट्रपति बाइडेनको स्वास्थ्यलाभको कामना गरेको अलजजिरामा उल्लेख छ । राष्ट्रपति पुटिनले आफू अमेरिकासँग खुला रुपमा वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नो निर्देशनमा विपक्षी दलका नेता नवाल्नीको हत्याको प्रयास गरेको भन्ने आरापको अस्वीकारसमेत गरेका हुन् । राष्ट्रपतिय निर्वाचनमा रुसले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागिरहेका बेला बाइडेनले समकक्षी पुटिनको कडा आलोचना गरेका हुन् ।

राष्ट्रपति बाइडेनले एक टेलिभिजन अन्तर्वार्तामा रुसी समकक्षीलाई विभिन्न आरोप लगाएपछि रुसले त्यसको प्रतिकार गरेको हो ।

बाइडेनले सन् २०२० मा एउटा टेलिभिजन अन्र्तवार्तामा अमेरिकी निर्वाचनमा रुसले गरेको हस्तक्षेपको पुटिनले मूल्य चुकाउनुपर्ने प्रतिक्रिया दिएका थिए ।

त्यसलगत्तै रुसले अमेरिकासँग अपरिवर्तनीय क्षति हुन नदिने भन्दै वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो।

पुटिनमाथि विपक्षी नेता अलेक्स नवाल्नी र अन्य प्रतिद्वन्द्वी नेताहरुमाथि अमानविय व्यवहार गरेको बाइडेनको आरोप छ ।

यता अमेरिकाले पनि पछिल्लो परिस्थितका बारेमा परामर्श गर्ने भन्दै रुसमा रहेका आफ्ना राजदूतर्लाइ फिर्ता बोलाएको समाचारमा जनाइएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top