भारतमा एकैदिन थपिए ४४ हजार संक्रमित

९ चैत्र, एजेन्सी ।
भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार एकै दिन करिब ४४ हजार संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८ सय ४६ जना भाइरसबाट संक्रमित भएका छन् ।

सोही अवधिमा २२ हजार ९ सय ५६ जना भने संक्रमणमुक्त भएका जनाइएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख ९९ हजार १ सय ३० पुगेको छ ।

भाइरसका कारण आइतबार साँझसम्म एक लाख ५९ हजार ७ सय ५५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीमध्ये १ सय ९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यो ९७ दिनयता भाइरसका कारण एकैदिन मृत्यु हुनेको उच्च संख्या हो ।

भारतमा हालसम्म ४ करोड ४६ लाख ३ हजार ८ सय ४१ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top