जसपा र एमाले बीचको सत्ता समीकरणको संभावना बढ्यो

१० चैत, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको बताएका छन ।

मंगलबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ बरिष्ठ नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको बताउका हुन् ।

पहिले मुद्दा मामिलाको काम अगाडी बढेमा सत्ता समिकरण लगायतको विषयमा कुरा गर्ने उनले बताए । नेता, कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टी भित्र एकमत भएको भन्दै उनले नेताहरुले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेपनि निर्णय भने पार्टीले गर्ने बताए ।

उनले भने ‘मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको छ । काम होस् भन्ने हामीले चाहेको । पहिले मुद्दा मामिलाको अगाडी बढोस् न । अनि बाँकी कुरापनि गरौँला नी त ।’

जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको भेटमा आफ्ना मागहरुको विषयमा कुरा भएको बताए । माग पुरा गर्ने आश्वासन आएको भएपनि देखिने गरी काम नभएको बताउनुभयो । छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनुपर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको नेता कर्णले बताए ।

उनले भने ‘हामी गएका थियौँ । हामीले त्यहाँ ४ वटा विषयहरु उठाइरहेका छौँ । जुन हाम्रो माग हो । त्यो मागलाई आश्वासन अस्तिदेखि पाइराख्या छौं । भन्या पनि हो पोजेटिभ कुरा चलिराखेको छ । तर देखिने गरी काम आएकै छैन । काम हुनुप¥यो । उहाँहरु सहयोग मागिराख्नुभएको छ भने आज पनि हाम्रो छलफलमा, काममा हेर्नुप¥यो । काम गरेर देखाउनुप¥यो । त्यसपछि मात्रै हामी निर्णय गछौँ भन्नेकुरा ग¥यौँ । उहाँले देखाउँछु भन्नुभएको छ हेर्दै जाउँ ।’

नेकपा(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपा र एमालेबीचको सम्बन्धमा कुनै शर्त नभएको बताए । रेशम चौधरीको रिहाइ, मधेस आन्दोनसँग सम्बन्धित विषयमा कुरा भएपनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको बताए ।

उनले भने ‘कुनैपनि शर्तबन्दी छैन हाम्रो सम्बन्धमा । उहाँहरुले कुनैपनि शर्तबन्दी राख्नुभएको छैन । हामीबीचमा कुनैपनि शर्तबन्दी छैन । रेशम चौधरी, मधेस आन्दोलन लगायतका विषयमा उहाँहरुले भन्नुभएको छ । सत्ता साझेदारी गर्नेकुरा त्यहाँ उठिरहेको छैन ।’

अहिलेसम्म जसपाको मागसँग सम्बन्धित भएर मात्रै कुरा भइरहेको उपनेता नेम्बाङ्ले बताए । दुईपार्टीबीच राम्रो सम्बन्ध भयो भने सत्ता समिकरण हुनसक्ने पनि उनले बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top