×

NEPAL TIMES UPDATES

Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026

कति उपयोगी होला चिनियाँ खोप

१२ चैत्र २०७७

१२ चैत, काठमाडौँ । चीन सरकारले अनुदानमा उपलबध गराउने ८ लाख डोज खोप केही दिनमै ल्याउने तयारी सरकारले गरे पनि भविष्यमा यो खोप खरिद गर्ने/नगर्ने भन्नेचाहिँ निश्चित छैन।

विज्ञका अनुसार अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप जस्तो चिनियाँ खोपलाई २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिए पनि यसको आयतन (भ्याक्सिन भोलुम) अत्यधिक छ।

Advertisement
Advertisement

यो खोपको हरेक डोज सिरिन्जमा अथवा भायलमा आउने भएकाले समग्र सिरिन्ज तथा भायललार्ई कोल्ड चेनमा राख्नुपर्ने हुन्छ।

एउटा भ्याक्सिन क्यारियर (बाकस) मा अक्सफोर्ड र अस्ट्राजेनेकाको सय डोज खोप राख्न सकिन्छ भने चिनियाँ खोप १५ देखि २० सिरिन्ज मात्र अट्छ।

अक्सफोर्ड र अस्ट्राजेनेकाको प्रतिभायलमा ११ डोज खोप हुन्छ भने चीनको सिनोफर्मा कम्पनीले विकास गरेको खोप दुई हिसाबले उपलब्ध छ।

यो खोप एकमात्र डोज रहेको भायलमा अथवा सिरिन्जमा उपलब्ध छ। यसरी समग्र कोल्ड चेन आवश्यकताका हिसाबले अक्सफोर्ड र अस्ट्राजेनेकाको खोपभन्दा चिनियाँ खोपलाई धेरै लजिस्टिक तयारी चाहिन्छ।

विज्ञका अनुसार अनुदानमा प्राप्त चिनियाँ खोप अहिले प्रयोग गरिए पनि आमखोप अभियान (मास भ्याक्सिनेसन) मा त्यति उपयोगी नहुन सक्छ।

चीन सरकारको स्वामित्वमा रहेको सिनोफर्म कम्पनीले उत्पादन गरेको यो खोप महँगो पनि छ। प्रतिडोजको लगभग ३० अमेरिकी डलरका हिसाबले एकजनालाई यो खोप लगाउँदा ६० अमेरिकी डलर पर्छ। यो नेपालको आमखोप अभियानका लागि महँगो मूल्य हो।

खोप उत्पादन भएपछि प्रयोग गरिसक्नुपर्ने समयावधिका हिसाबले यो खोप राम्रो छ। यसलाई उत्पादन भएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ।

अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादनको चारपाँच महिनाभित्र प्रयोग गरिसक्नुपर्छ। पाकिस्तान, युनाइटेड अरब इमिरेट्स, बहराइनलगायत विश्वका विभिन्न देशमा सिनोफर्माको खोप प्रयोगमा छ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती चिनियाँ खोपको प्राविधिक पक्ष त्यति अप्ठेरो नभएको तर तुलनात्मक हिसाबले महँगो रहेको बताउँछन्।

उनले यो खोप आएपछि कहिलेदेखि लगाउन सुरु गर्ने भन्ने निर्णय सरकारले गर्ने बताए। यही खोप खरिद गर्नेनगर्ने निश्चित नभएका कारण ४ लाखजनालाई मात्र दिइनेछ।

‘चिनियाँ खोप सुरक्षा र प्रभावकारिताका हिसाबले राम्रो छ। यो अरबका विभिन्न देशमा लगाइएको छ,’ डा. उप्रेती भन्छन्,

‘प्राविधिक पक्ष त्यति अप्ठेरो छैन, तुलनात्मक हिसाबले महँगोचाहिँ छ।’ भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले नेपालले खरिद गरेको २० लाखमध्ये दोस्रो खेप १० लाख डोज खोप उपलब्ध नगराएपछि हाल खोप अभियान स्थगित छ।

सरकारले पहिलो डोज खोप लगाएकालाई वैशाख ७ देखि ११ सम्म दोस्रो डोज खोप लगाउने तयारी गरेको छ। सरकारले यो अभियानअन्तर्गत विभिन्न जोखिम समूहका झन्डै १७ लाखजनालाई खोप उपलब्ध गराइसकेको छ।

डा. उप्रेती मे महिनासम्म कोभ्याक्सले पहिलो चरणअन्तर्गत दिने भनेको बाँकी १९ लाख डोज खोप आउने अपेक्षा गरिएको बताउँछन्। उनी यो वर्षको अन्त्यसम्म २० प्रतिशत जनसंख्यालाई खोप अभियानले समेट्न सके पनि महामारी नियन्त्रण हिसाबले ठूलो उपलब्धि हुने तर्क गर्छन्।

नेपालले आपत्कालीन प्रयोग अनुमति दिएको भारतको अर्कोे खोप कोभ्याक्सिन पनि कोल्ड चेन मेनेजमेन्टका हिसाबले उपयुक्त छ। भारत बायोटेक कम्पनीले बनाएको यो खोपको प्रतिडोज मूल्य १६ अमेरिकी डलर पर्ने भएकाले दुई डोजको मूल्य ३२ अमेरिकी डलर पर्न जान्छ।

Advertisement
Advertisement

स्वास्थ्य मन्त्रालयका अधिकारी यो मूल्य पनि तुलनात्मक रूपमा महँगो ठान्छन्। तर जोखिममा रहेका र विपन्न वर्गले खोप लगाइसकेपछि निजी क्षेत्रले यस्ता खोप ल्याएर अन्यलाई लगाउन सक्ने डा. उप्रेती बताउँछन्। योसमाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top