Nepal Times
Nepal Times
3
Shares

आज सुनको भाउ ६ सयले घट्यो, प्रतितोला ८६ हजार ३ सय कायम

आज सुनको भाउ ६ सयले घट्यो, प्रतितोला ८६ हजार ३ सय कायम

१३ चैत, काठमाडौँ । हप्ताको अन्तिम दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँमा झरेको हो ।

समग्रमा भने यो हप्ता सुनको भाउ ९ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रबार आज ८६ हजार तीन सय रुपैयाँमा झरेको हो ।

आइतबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार दुई सय रुपैयाँले घटेको थियो । मंगलबार फेरि तोलामा तीन सय रुपैयाँले घटेर सुनको भाउ ८६ हजार सात सय रुपैयाँमा झरेको थियो ।

यो भाउमा बुधबार कुनै घटबढ भएन । तर हिजो भने तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा पुगेको थियो । यो भाउमा फेरि आज ६ सय रुपैयाँले घटेको हो ।

यस्तै यो हप्ता चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलाको १२ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज अन्तिम दिन १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.