जर्जियाले ल्याएको नयाँ कानून रंगभेदी नीतिः बाइडेन

१४ चैत्र, एजेन्सी ।
जर्जियाले ल्याएको मतदान सम्बन्धी नयाँ कानूनबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले कडा शब्दमा निन्दा गरेका छन् ।

Advertisement

जर्जिया राज्यले ल्याएको नयाँ कानूनलाई राष्ट्रपति बाइडेनले २० औँ शताब्दीको अमेरिकन साउथको रंगभेदी नीतिसँग तुलना गरेका छन् ।

नयाँ कानूनले अत्याचारलाई मार्ग प्रशस्त गरेको भन्दै राष्ट्रपति बाइडेनले वक्तव्य जारी गरेर निन्दा गरेका हुन् । रिपब्लिकनहरुले नयाँ कानूनलाई ‘कमन सेन्स’ भनेका छन् भने डेमोक्र्याटहरुले सिमान्तकृत समुदायका मतदातालाई मताधिकारबाट वञ्चित गर्ने कुषित मानसिकतासहित नयाँ कानून ल्याइएको भन्दै विरोध गरेका छन् ।

Advertisement

सन् २०२० मा भएको राष्ट्रपति चुनावमा पराजित भएका डोनाल्ड ट्रम्पले लगाएको आधारहीन धाँधलीको आरोपको केन्द्रमा जर्जिया परेको थियो ।

जजिर्यामा झण्डै २८ वर्षपछि डेमोक्र्याटिक उम्मेदवारले राष्ट्रपतिमा जितेका थिए । सिनेटका दुई रन अफ चुनावमा डेमोक्र्याटिक उम्मेदवार विजयी भए ।

Advertisement

केन्द्रमा राज्यबाट डेमोक्र्याटको प्रतिनिधित्व भए पनि जर्जिया राज्यमा भने रिपब्लिकनहरुकै पकड छ । रिपब्लिकनले इलेक्सन इनटेग्रिटी एक्ट अफ २०२१ ल्याएका हुन् ।

रिपब्लिकनको पकड रहेको राज्य संसदका दुवै सदनमा गम्भीर चुनौति समाना गर्नु परे पनि बिहीबार केही घण्टाको अन्तरमा पारित भयो ।

सन् २०२० को चुनावपछि मतपत्रमा पहुँच सीमित गर्ने वा बन्द गर्ने जर्जिया पहिलो राज्य बनेको छ जो राष्ट्रपति चुनावमा ‘ब्याटलग्राउण्ड स्टेट’ हो ।

विधेयकमा हस्ताक्षेर गर्ने क्रममा गभर्नर केम्पले चुनावलाई सुरक्षित, पहुँच योग्य र निष्पक्ष बनाउनका लागि नयाँ कानून आउन लागेको बताएका थिए ।

गभर्नरले निर्वाचन सम्बन्धी नयाँ कानूनमा हस्ताक्षेर गरिरहेका बेला ढोका ढकढक्याउन पुगेकी डेमोक्र्याटिक सांसद पार्क क्याननलाई सुरक्षाकर्मीले हटकडी लगाएका थिए ।

राष्ट्रपति बाइडेनले जर्जियाले संविधानमाथि सीधा आक्रमण गर्ने गरि कानून ल्याएको भन्दै त्यसलाई २१ औँ शताब्दीको नयाँ ‘जिम क्रो’ का रुपमा चित्रित गरेका छन् ।

न्याय विभागले कानूनमाथि अध्ययन गर्ने पनि बाइडेनले स्पष्ट पारेका छन् ।

शुक्रबार जारी गरेको वक्तव्यमा बाइडेनले भनेका छन्, ‘पटकपटक भएका पुर्नगणना र अदालत सामु पुगेका उजुरीहरुबाट चुनाव स्वतन्त्र, निष्पक्ष रहेको स्पष्ट भयो र प्रजातान्त्रिक प्रक्रिया स्थापित भयो ।’

नयाँ कानून बारे उनले भने, ‘यो २१ औँ शताब्दीको जिम क्रो हो । यो अन्त्य हुनै पर्छ ।’ जिम क्रोले अमेरिकाको दक्षिणी क्षेत्रमा रंगभेदी विभाजनलाई स्थापित गर्ने कानूनी व्यवस्थालाई इंगित गर्छ ।

जर्जियाले ल्याएको नयाँ कानून अनुसार हुलाक मार्फत वा अग्रिम मतदान गर्नका लागि मतपत्र माग गर्दा थप परिचयात्मक विवरण चाहिन्छ ने मत पत्र खसाल्ने केन्द्रहरु पनि सीमित हुने छन् ।

कानूनले मतदानका लागि बसेकाहरुलाई पानी तथा खानेकुरा दिनुलाई अपराधिकरण गरेको छ ।

बाइडेनले भनेका छन्, ‘जर्जियाका बासिन्दाको मताधिकार सुनिश्चित भएको र विचारका आधारमा चुनाव जित्ने कुरालाई सेलिब्रेट गर्नुको साटो राज्यका रिपब्लिकनहरु अन–अमेरिकन कानून ल्याएर नागरिकको मताधिकार रोक्ने हतारोमा लागेका छन् ।’

जर्जियाले ल्याएको नयाँ कानूनले विशेष गरि अश्वेतसहितका सीमान्तकृत समुदायलाई प्रभावित गर्ने भन्दै आलोचना हुँदै आएको छ ।

सन् २०२० को चुनावमा अश्वेत अमेरिकीले कीर्तिमानी रुपमा मताधिकार प्रयोग गरेका थिए । अश्वेत अमेरिकीको मत अधिकांश रुपमा डेमोक्र्याटिक उम्मेदवारले पाउने गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top