विराटनगर, असार २
समाजमा सरसफाईको महत्व दर्शाउँदै साप्ताहिक रुपमा विभिन्न सरसफाईका अभियानहरु सञ्चालन गर्दै आईरहेको संस्था परिवर्तन का लागि हातेमालोले २१ औँ हप्तामा पनि सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ ।
परिवर्तनका लागि हातेमालोले आफ्नो सरसफाई महाअभियानको २१औँ हप्तामा बिराटनगर– ५ चाँदनि चोकमा रहेको लेखनाथ को मुर्ती रङ रोगन गर्नुका साथै सरसफाइका कामहरु गरेको हो । हातेमालोको अभियानमा सहभागी अभियान्ताहरुले चाँदनि चाैकको लेखनाथ मुर्ती रङरोगन गर्नुका साथै त्यहाँ रहेको हटिया वरीपरी सरसफाइ गरेका थिए ।
आफुहरुले समाजमा सन्देश दिन सरसफाई कार्यक्रम गरेको र यसमा सबैको साथ चाहिएको परिवर्तन का लागि हातेमालोका अभियान्ता बिनोद चाहारले बताए ।
अर्का अभियान्ता राम पोखरेलले अभियानमा साथ दिने सम्पुर्णलाई धन्यवाद दिँदै आफुहरुको अभियानबाट समाजले सरसफाईको पाठ सिक्न आवश्यक रहेको बताए । उनले समाज बदल्न पहिले आफु बदलिन आवश्यक रहेकोले सरसफाई अभियानमा गाँसिन सबैसँग आग्रह गरे ।
हातेमालोले २१ औँ हप्तासम्म आइपुग्दा विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।