गण्डकी प्रदेश सरकारमा रहेका माओवादी का दुई मन्त्रीले राजीनामा दिने

२४ चैत, पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले पनि राजीनामा दिने भएका छन् ।

बुधबार विहान बसेको माओवादी संसदीय दलले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिएका छन् ।

उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले राजीनामा दिने भएका छन् ।

माओवादी केन्द्रले समर्थन भने तत्काल फिर्ता नलिने जनाएको छ । सत्ता समीकरणको प्रयासपछि मात्र समर्थन फिर्ता लिने बताइएको छ ।

गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन एमाले बाहेक सबै दल एक ठाउँमा आउनुपर्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादीका १२ सांसद छन्, जसमध्ये एक नेत्रनाथ अधिकारी सभामुख छन् । नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।

सबभन्दा ठूलो दल एमालेका २७ सांसद छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई छ ।

यदि राष्ट्रिय जनमोर्चाले साथ दिने हो भने मुख्यमन्त्री गुरुङको सरकार बच्छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top