बेलायतकी रानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको निधन

२७ चैत, काठमाडौँ । बेलायतकी रानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बकिङ्घम राजदरबारले राजकुमार फिलिपको निधनको घोषणा गरेको हो ।

Advertisement

राजकुमार फिलिप र राजकुमारी एलिजाबेथ सन् १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि राजकुमारी एलिजाबेथ रानी बनेका थिए ।

बकिङ्घम राजदरबारले एक विज्ञप्ति निकाल्दै भनेको छ, निकै दुखका साथ रानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको घोषणा गरेका छन् । राजकुमार फिलिपको विन्डसर क्यालमा शुक्रवार बिहान निधन भएको हो ।

Advertisement

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले राजकुमार फिलिपले कैयौँ युवाको जीवनमा प्रेरणा दिएको बताएका छन् ।

गएको महिना द ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top