×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

सरकार गठनका लागि तीनको दलको बैठक एजेन्डामै सिमित

२७ चैत्र २०७७

२७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि औपचारिक पहल सुरु गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार नेकपा माओवादी र जनता समाजवादी पार्टीसंग नयाँ सरकारको समिकरणबारे औपचारिक छलफल गर्नुभएको हो । सभापतिको निवास बुढानिलकण्ठमा भएको तीन दलको बैठकमा नेपाल कम्युनिष्ट पार्टी माओवादी र जनता समाजवादी पार्टीको बीच सत्ता समिकरणको विषयमा छलफल भएको छ । सभापति देउवाले कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राख्दै सो सम्बन्धमा धारणा माग गरेका थिए । कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा नेकपा माओवादी सकारात्मक रहेपनि जसपाका नेताहरुले पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै केही समय माग गरेका छन् । बैठक पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै जसपाका अध्यक्ष महन्थ ठाकुरले पहिलो पटक कांग्रेसको तर्फबाट सरकार गठनको प्रस्ताव आएकाले त्यसबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने कुरा बैठकमा राखेको बताए ।उनले भने “छलफल गर्न बाँकी नै छ । कांग्रेसले सरकार बनाउने तपाईहरुले सहयोग गर्नुपर्यो भनेर आयो । तीनै दल मिलेर सरकार बनाऔ । हामीले भन्यौ पार्टीमा छलफल भएको छैन ।

Advertisement

अब पार्टी भित्र स्पष्ट छलफल गछौं भनेर भन्यौ । जसपाको कारण सरकार गठन प्रक्रिया रोकियो नि भन्ने संञ्चारकर्मीको जिज्ञासामा उनले भने “सरकार बनाउनेले त आज प्रस्ताव गर्नुभएको छ मेरो कारणले रोकिएको हो ? जसपाको कारणले ?” नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले बैठकमा नेपाली कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव सभापति देउवाले गरेको बताए । प्रधानमन्त्री ओली सर्वसत्ताबादी भएको र उनले राज्यसत्ता कब्जा गर्न खोजेको भन्दै देउवाले ओलीबाट लोकतान्त्रिक चुनाव हुन नसक्ने भन्दै ओलीको विकल्पमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव अघि सारेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जसपाका नेता ठाकुरले पहिलो पटक औपचारिक रुपमा नेपाली कांग्रेसले केपीको विकल्पमा नया सरकार बनाउने प्रस्ताव अगाडि सारेकाले सो प्रस्तावका बारेमा छलफल गरेर निर्णय लिनुपर्छ भन्ने धारणा राखेको नेता श्रेष्ठले जानकारी दिए । त्यसैगरी आफ्ना नेताहरुमाथि लागेको मुद्दा र बन्दी रिहाईको विषयमा पनि नेता ठाकुरले कुरा राख्नुभएको उनले बताए । नेकपा माओवादीले भने देउवाको प्रस्तावलाई सकारात्मक लिएको उनले बताए । उनले भने “हाम्रो पार्टीको तर्फबाट हामीले संविधानको स्प्रीड विरुद्ध गएको , प्रतिनिधिसभालाई विघटन गरेको र सम्पुर्ण रुपले निरंकुश दिशातिर अघि बढ्न खोजेको र क्रियाकलाप गरिरहेको केपी ओलीको सरकारलाई हटाएर संविधान र लोकतन्त्रलाई रक्षा गर्न चाहने शक्तिहरुको सरकार बनाउनु आवश्यकता छ भनेर हामीले भन्दै आएका छौ । अहिले नेपाली कांग्रेसले औपचारिक रुपमा निर्णय गरेर त्यसो गरौ न भनेर जुन प्रस्ताव राखेको छ । यसलाई हामी सकारात्मक रुपमा लिएर स्वागत गर्छौ । र जसपाले छिटै निर्णय गर्ने भनेकाले हामी छिटो भन्दा छिटो यो निर्णय होस् भन्ने चाहन्छौ । भनेर भन्यौ ।” आफुहरुले ओली नेतृत्वको सरकारको विकल्पमा नया सरकार गठन गर्नुपर्छ भन्ने कुरा आफुले गर्दे आएको भन्दै उनले नयाँ सरकारले संविधानको रक्षा गर्ने प्रतिवद्धता गर्नुपर्ने बताए ।

सरकारलाई दिएको समर्थन फिर्ता कहिले लिने भन्ने संचारकर्मीको जिज्ञासामा उनले ओलीको विकल्पको सरकार बन्ने सुनिश्चित भएपछि सरकारलाई दिएको समर्थन फिर्ता गरेको बारे औपचारिक जानकारी गराउने स्पष्ट पारे । उनले भने “राजनीतिक अन्यौलको स्थिति देशमा कायम नरहोस् भनेर केपी ओलीको सराकारको विकल्पमा नयाँ बहुमतको सरकार बनाउन चाहन्छौ । त्यसको सुनिश्चित भएपछि त्यो प्रक्रियाभन्दा अगाडि नै हामीले समर्थन नरहेको कुरा जानकारी गराउँछौ । बहुमतको सरकारको सुनिश्चितता भएन भने पनि यो सरकारप्रति हाम्रो समर्थन रहेको छैन भनेर हामीले औपचारीक रुपमा जानकारी गराउँछौ । ” नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार गठन सम्बन्धमा कांग्रेसले गरेको पहल स्वरुप बसेको पहिलो बैठक सकारात्मक भएको प्रतिक्रिया दिए । छलफल पुरै सकारात्मक भएको भन्दै जसपाले छिटै निर्णय गर्ने र अर्को बैठक पनि चाडैनै बस्ने विश्वास आफुले लिएको बताए । केन्द्रीय समिति बैठकले संस्थागत रुपमा गरेको निर्णय अनुरुप कांग्रेसले छलफल अघि बढाएको र नयाँ सरकारको समिकरणको सम्बन्धमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति र महामन्त्री लगायतको उपस्थितिमा साझा रुपमा सरकार गठनको प्रस्ताव गरिएको प्रवक्ता शर्माले स्पष्ट पारे ।

प्रतिनिधिसभा पुनस्थापनापछि प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउनुपर्छ भनेर भएको यो पहिलो बैठक हो । यसअघि पार्टीहरुले आन्तरिक र दुईपक्षीय छलफल गरेपनि सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा संयुक्त ढंगले बहस छलफल गरेका थिएनन् । नयाँ सरकारका विषयमा तीन दलबीच छलफल चलाइएपनि शुक्रबारै कांग्रेस सभापति देउवाले नयाँ सरकारको संभावना नरहेको भन्दै चुनावको तयारी गर्न सबैलाई आग्रह गरेका थिए ।

 

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top