×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

७ चैत्र २०८२

७ चैत , काठमाण्डौ ।

आजपनि नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ ।

Advertisement
Advertisement

देशका बाँकी भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग, असिना, हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

“आज शनिबार देशका धेरै ठाउँहरूमा हावाहुरी, मेघगर्जन÷चट्याङ र असिनासहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ,” विभागका मौसमविद् डेभिड ढकालले भनेका छन्, “यस दुई दिनमा कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भने भारी पानी पर्ने सम्भावना रहेको छ ।”

यस्तै देशको पहाडी भूभागका धेरै ठाउँमा हावाहुरी, मेघगर्जन÷चट्याङ र असिनासहित ‘मध्यम’ पानी पर्ने सम्भावना छ । एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए । आउँदो आइतबारदेखि मंगलबार (चैत ८–१०)भित्र पहाडी क्षेत्रका थोरै ठाउँमा हावाहुरी, मेघगर्जन÷चट्याङ र असिनासहित मध्यम पानी पर्ने सम्भावना छ ।

“बुधबार र बिहीबार (चैत ११–१२) भने कोसी र गण्डकी प्रदेशका थोरै ठाउँमा मात्रै यस्तो सम्भावना छ,” उनले भने । आज सबै प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँमा मध्यम हिउँ वा पानी पर्ने सम्भावना छ । एक–दुई ठाउँमा हावाहुरी, मेघगर्जन÷चट्याङ र असिना पनि पर्ने सम्भावना रहेको मौसमविद् ढकालले बताए ।

उनले भने, “अनि, एक–दुई ठाउँमा भने भारी हिउँ वा पानी पर्ने सम्भावना छ ।” आइतबारदेखि मंगलबारभित्र हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम हिउँ वा पानी पर्ने सम्भावना छ । बुधबार र बिहीबार कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मात्र यस्तो सम्भावना रहेको उनले बताए ।

“एक–दुई ठाउँमा हिउँ वा पानी पर्दा हावाहुरी, मेघगर्जन÷चट्याङ र असिना पनि पर्ने देखिन्छ,” उनले भने । मौसम छिनछिनमै परिवर्तन भइरहेको हुन्छ । त्यसैले मौसमबारे विभागको आधिकारिक र पछिल्लो जानकारी लिन उनले आग्रह समेत गरेका छन् । यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन अनुरोध गरेको छ ।

आज पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरानआसपासका क्षेत्रमा तीव्र हावाहुरी (झन्डै ११९ किमि प्रतिघण्टा) चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । प्रि–मनसुनको अवधि रहेकाले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायत जोखिम रहन्छ ।

“हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोत बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भीडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ,” प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तारमुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन प्राधिकरणको आग्रह छ । उत्त, समयमा विद्युतीय उपकरण नचलाउन एवं जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणको सुझाव छ ।

यसैबीच बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने कालढुंगा–दाउने सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार, अविरल वर्षाले रोशी खोलाको पानीको बहाव बढ्नुका साथै सडकमा समेत क्षति पुगेको छ । सिन्धुलीको प्रहरी चौकी दुम्जामा २५÷३० वटा र जिल्ला प्रहरी कार्यालय सिन्धुली चेकपोस्टमा १२÷१३ वटा सवारीसाधन होल्डमा राखिएको बताइएको छ ।

साथै, अवरुद्ध सडक खुलाउने काम सुरु भइसकेको छ । सडक सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ । उता माथिल्लो मुस्ताङमा शुक्रबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । हिजो दिउँसो ४ बजेदेखि परेको निरन्तरको हिमपात र वर्षाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

Advertisement
Advertisement

विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हिमपात र वर्षाले वारागुङ मुक्तिक्षेत्र–३, स्याङ्बोचेदेखि माथिल्लो क्षेत्रको दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ । यता पूर्वको ताप्लेजुङस्थित पाथिभरा क्षेत्रमा ब्यापक हिमपात भएको छ ।

भर्खरको समाचार

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

सम्बन्धित खबरहरु

Scroll to Top