×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

७ चैत्र २०८२

७ चैत , काठमाण्डौ ।

’हामी पहाडका बाघ हौं, तिमीहरूको पिंजडामा थुनिन जन्मिएका होइनौं’ भन्दै मुख्तियार भीमसेन थापाले पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडासम्म पुर्याएर मात्र बनेको देश हैन यो। नालापानीको गुफा, जैथकको डाँडा र देउथलको भिरहरूमा पुर्खाले बगाउँदै ब्रिटिस साम्राज्यविरूद्ध खुकुरी नचाएर जितेको मात्र देश हैन यो।

Advertisement
Advertisement

 

नालापानी किल्लामा ३५०० हतियारधारी ब्रिटिस फौजविरूद्ध तिर्खाले ओठ फुट्दा लडाकुहरूले रगत पिएर हाम्रा वीर गोर्खालीले जितेको मात्र पनि हैन यो देश। एकीकरणताका गोर्खाली फौजलाई तालिम दिन र आधुनिक हतियार बनाउन मुस्लिम कालिगडहरूले गरेको सहयोगका कारण बनेको आधुनिक नेपाल पनि हो यो ।

शताब्दीयौंदेखि पशुपतिनाथको जात्रामा हिन्दुलाई सहयोग गर्ने मुस्लिम समुदायले ’म र तँ’ नभनी ’हामी’ भएर सामाजिक सद्भाव बचाएको देश पनि हो यो। किनकी देश भन्नु भूगोल मात्र हैन, नागरिक पनि हुन्, तिनको संस्कार–संस्कृति पनि हो अनि भावना पनि हो। पुर्खाहरूले अनेक संघर्ष र बलिदानी दिएपछि बनेको यो भौगोलिक देश नेपाललाई अहिलेसम्म हिन्दु, बौद्ध,इस्लाम, किराँत, क्रिश्चियन लगायत सर्वधर्म बीच सामाजिक सद्भावले बचाएको छ।

                                                                                                                             

विधिधतामा एकता स्वीकार गरेर बाँचेको नेपाली समाज वर्षौंदेखि सद्भावपूर्ण छ। केहीलाई अपवादका घटनालाई छोडेर हेर्दा, यहाँ विभिन्न धर्मबीचमा सामाजिक सद्भाव सौहार्द देखिन्छ । खासगरि यो सौहार्दता चाडपर्वमा झल्किने गर्छ।
बाँकेमा हिन्दू र मुस्लिम समुदायका र श्रद्धालुहरूले मुसबेटवा बाबाको मजारमा संयुक्त रूपमा नयाँ च्यादर ओढाएर सद्भाव मेला लगाउँछन्।

दशैंमा बाजुरासहित स्थानहरूमा हिन्दु–मुस्लिमले वर्षौंदेखि मिलेर सामूहिक रूपमा टीका–जमरा लगाउँदै आएका छन्। छठमा मुस्लिमहरु हिन्दुसँगै मिसिएर सूर्यको आरधना गर्दै आएका छन् । मुस्लिमलाई हिन्दु समुदायकाले टीका र जमरा लगाउँछन् अनि हिन्दुले पनि सबैलाई टीका–जमरा लगाएर शुभकामना दिन्छन्।

अन्तराष्ट्रिय मिडियामा समेत अनेकन जातजाति र भाषा भाषीका बीचपनि चर्चा पाएको नेपालीको धार्मिक तथा सामाजिक सद्भाव हो– तराईमा जब मुस्लिमहरूले हिन्दुको खुसीमा ’दही–चिउरा’ खुवाउँछन् र हिन्दुहरूले ईदमा अँगालो हालेर ’ईद मुबारक’ भन्छन्, अनि त्यहाँ धर्म हराउँछ र केवल मानवता बाँकी रहन्छ। हो, यही हो नेपालीपन। भलै, कहिलेकाहीं कुनै समूहका केही उत्श्रृंखल ब्यक्तिहरुका कारण वा समझदारीको अभावमा धार्मिक लडाई पनि हुने गरेको छ, तर मुलभूत रूपमा धार्मिक समाज एकढिक्का छ।

ऐतिहासिक रूपमा हेर्दा, मध्यकालमा कश्मीरी मुस्लिमहरू व्यापार र कलाका माध्यमबाट काठमाडौं प्रवेश गर्दा मल्ल राजाहरूले उनीहरूलाई अतिथिको रूपमा मात्र होइन, आफ्नै ठानेर स्वागत गरेको भेटिन्छ। चौबिसे राज्यका पालामा त झन् ’मुसलमान’ भाइहरूले सेनामा धनुषबाण बनाउने र संगीत सिकाउने काम गरेर नेपाली माटोको रक्षामा साथ दिएका थिए। जो आज नेपालको एक हिस्सा बनेका छन्।

इतिहासकारहरू भन्छन्, ’नेपालको अस्तित्व जोगाउन जति रगत हिन्दूको बगेको छ, त्यति नै पसिना मुसलमानको पनि छ।’ यो देशको जगमा इँटा मात्र छैनन्, त्यहाँ ’राम’ र ’रहिम’को साझा सपना पनि सजाइएको छ। जब एउटा मुश्लिम छिमेकीको मृत्यु हुन्छ, हिन्दु भाइले काँध थाप्छ। जब एउटा हिन्दुको घरमा बिहे हुन्छ, मुश्लिम दाजुले जन्तीको नेतृत्व गर्छ।

यो नेपालको गाउँ–गाउँको वास्तविकता हो। मक्का–मदिनाको पवित्रता र पशुपतिनाथको दिव्यताबीचको दूरी हाम्रो मनले कहिल्यै महसुस गरेन। जब २०७२ को महाभूकम्पमा भत्किएका घरहरूबाट मानिस निकाल्न ’अल्लाह’ पुकार्ने र ’हे राम’ भन्ने हातहरूसँगै माटो पन्छाउँदै थिए। त्यहाँ न कोही हिन्दु थियो, न कोही मुसलमान।

                                                                                                                                 

त्यहाँ केवल एउटा ’नेपाली’ थियो, जसले आफ्नो भाइलाई बचाउन खोजिरहेको थियो। नेपालको इतिहास केवल राजाहरू, युद्धहरू र सत्ताको कथा मात्र होइन; यो त सहअस्तित्वको कथा हो। शताब्दीयौंदेखि यहाँ हिन्दु र मुस्लिम समुदाय एउटै गल्ली, एउटै बजार, एउटै पीडामा र एउटै उत्सवमा बाँधिएका छन्। मल्लकालीन काठमाडौंदेखि तराईका सहरहरूसम्म, धार्मिक विविधता कुनै द्वन्द्व होइन, संस्कृतिको गहना बनेको छ।

ईदको दिन, मुस्लिम परिवारहरूले पकाएको सेवेइ छिमेकी हिन्दु घरमा पुग्छ। दशैंमा हिन्दु परिवारको जमरा र टीका मुस्लिम छिमेकीले सम्मानका साथ ग्रहण गर्छन्। हो, आज त्यही ईद उल फित्र ईद पर्व हो। एक मुस्लिम युवा सामाजिक संजालमा लेख्छन्, ’मैले मस्जिदमा झुकेर अल्लालाई पुकार्दा, मेरो हिन्दू छिमेकीले मेरो सुरक्षाका लागि दियो बालिरहेको हुन्छ। यो नै नेपाल हो।’

राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै आमसर्वसाधारणले न कुनै जात, न धर्म, सबै नेपाली भएर यो पर्व मनाइरहेका छन्। सामाजिक संजालमा एकले अर्कालाई ईद मुबारकको शुभकामना दिइरहेका छन्। राज्यले समेत इदको महत्वलाई बुझेर सार्वजनिक विदा दिएको छ। यद्यपि आज शनिबार परेकाले गृहमन्त्रालयले बिदा दिने गरिएको स्मरण गराउँदै सबैमा शुभकामना ब्यक्त गरेको छ ।

                                                                                                                                     

एक महिना लामो रोजा (निराहार व्रत) पूरा गरेपछि आउने यो पर्व मुस्लिम समुदायका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। रमजान महिनाभर मुस्लिमहरूले बिहान सह्रीदेखि साँझ इफ्तारसम्म रोजा बस्दै आत्मसंयम, धैर्य र आध्यात्मिक साधनामा ध्यान केन्द्रित गर्छन्। यस अवधिमा नमाज, कुरआन पाठ र दान–धर्म (जकात) लाई विशेष महत्व दिइन्छ, जसले समाजमा सहानुभूति र भाइचाराको भावना बढाउने विश्वास छ।

Advertisement

ईद उल फित्रलाई “रोजा तोड्ने पर्व” का रूपमा चिनिन्छ। यस दिन बिहान विशेष नमाज अदा गरिन्छ, आफन्त र साथीभाइसँग भेटघाट गर्दै मिठाई र परिकार साटासाट गरिन्छ। साथै, जकात उल फित्रमार्फत गरिब तथा विपन्नलाई सहयोग गर्ने परम्परा पनि रहेको छ। यस पवित्र पर्वले सबैमा शान्ति, सुख, समृद्धि र आपसी सद्भाव ल्याओस्। ईद मुबारक!

Advertisement

भर्खरको समाचार

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

सम्बन्धित खबरहरु

Scroll to Top