तृणमूल कांग्रेस तथा भारतीय जनता पार्टीका समर्थकबीच भिडन्त, पाँच जनाको मृत्यु

२८ चैत्र, एजेन्सी ।
भारतको पश्चिम बंगालमा भएको चुनावी हिंसामा परी पाँच जनाको मृत्यु भएको छ ।

त्यस्तै, तीन जना घाइते भएका छन् । कूचबिहारको सीतालकुचीमा तृणमूल कांग्रेस तथा भारतीय जनता पार्टीका समर्थकबीच भिडन्त भएको थियो ।

त्यसक्रममा फायरिङ पनि भएको थियो । कूचबिहार जिल्लामा केही व्यक्तिले बन्दुक खोस्ने प्रयास गरेपछि केन्द्रीय सुरक्षाबलले फायरिङ गरेको भारतीय मिडियाले समाचारमा उल्लेख गरेका छन् ।

पश्चिम बंगालका ५ जिल्लामा ४४ सिटका लागि शनिबार चौथो चरणको मतदान हुँदै छ ।

Scroll to Top