बजेटको आकार बढाएर मात्रै विकास हुदैनः शेखर गोल्छा

२७ चैत ७७, शनिबार

२८ चैत्र, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०” को मार्गचित्र तयार पारिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिमा अहिले भन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०”ले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुदै गएमा मात्र सम्मुन्नति पनि संगसंगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताए ।

उनले भिजन पेपर इमान्दारीपुर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलर भन्दा बढी लगानी हुने विश्वास व्यक्त गरे ।

उनले बजेटको आकार बढाएर मात्रै विकास संम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चमा बजेट कम गर्न सुझाव दिए ।

उहाँले अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा परोको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भने “म आज प्रधानमन्त्री ज्यूलाई पनि आग्रह गर्न चाहन्छु , व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुदैन । यसमा सुधार आवश्यक छ । पहिले त यसको नियमावली नै बन्नुपर्छ ।”

कार्यक्रममा हरेक प्रदेशबाट क, ख र ग वर्गका उद्योग वाणिज्य संघहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top