आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा चन्द्रप्रसाद ढकालको जोड

२८ चैत ७७, आइतबार

२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउदै समृद्ध मुलुक निर्माणका लागि महासंघको भिजन पत्रको रुपमा आएको आर्थिक रुपान्तरण २०३०ले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले महासंघले तयार गरेको आर्थिक रुपान्तरण २०३० कार्यान्वयनका लागि सरकार संगै सबै सरकोकारित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले आगामी आर्थिक बर्षको बजेट र मौद्रिक नीतिका सम्बन्धमा आफुहरुले दिने सुझावलाई सरकारले सकारात्मक रुपमा लिने अपेक्षा आफुहरुले गरेको बताए । उनले भने “कोभिड १९ ले पारेको प्रभाव र अर्थतन्त्रलाई चलायमा बनाउनका लागि महासंघले आर्थिक रुपान्तरण २०३० मार्फत प्राररुप तयार पारेको छ । यसलाई महासंघले भिजन पेपर पनि भन्ने गरेको छ । यसको कार्यान्वयनका लागि सरकार लगायत सबै निकायबीचको सहकार्य र समन्वयबाट मात्र संभव छ ।”

उनले कोभिड १९ का कारण पर्यटन, घरेलु, साना तथा मझौला उद्योग लगायत यातायात क्षेत्रमा ठूलो असर पुगेको र अहिले पनि जोखिम यथावत रहेकाले मानिसको स्वास्थ्य र अर्थतन्त्र दुवैलाई जोगाएर काम गर्नुपर्ने स्थितितर्फ सबैलाई सचेत गराए ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top