आहा रारा गोल्डकपको उपाधि संकटा क्लबलाई

२८ चैत ७७, आइतबार

२८ चैत, पोखरा । अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ ।

गोलकिपर राजा बाबु थापाको उत्कृष्ट खेलको प्रदर्शनबाट संकटले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो । यससँगै संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डकपको १९औं संस्करणको उपाधि उचालेको छ । टाई–ब्रेकरमा अफ्रिकन रुट्सका दुई खेलाडीले सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए । अफ्रिकनका यानिक र रिमले गोल गरे । तर, कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाएका थिए । निर्धरित ९० मिनेट १–१ गोलको बराबरी सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा थप गोल हुन नसक्दा खेलको निर्णय टाई–ब्रेकरबाट लिइएको हो । निर्धारित ९० मिनेटको खेलमा भने भ्रमणकारी अफ्रिकन रुट्सले लिएको थियो । ११ औं मिनेटमा मौसाको पासमा बासिकले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि दबाबमा रहेको संकटा खेलमा फर्किन निकै संघर्ष गर्यो । तर पहिलो हाफमा सफल हुन सकेन । पहिलो हाफमा पछि परेको संकटले दोस्रो हाफमा भने सम्हालिएको परिपक्क खेल देखाउन सफल भयो । ५२ औं ग्लोरिले गोल गर्दै खेल बराबरी अवस्थामा ल्याएका थिए । त्यसपछि दुबै टोली स्पष्ट जितका लागि आक्रामक खेल खेले पनि सफल हुन सकेनन र निर्धारित समय १÷१ गोलको बराबरीमा सकिए ।

अतिरिक्त समयमा पनि दुबै टोलीबाट थप गोल हुन सकेन र खेल टाई–ब्रेकरबाट लम्किएको थियो । टाईब्रेकरमा संकटा भाग्यमानी रहँदै पहिलो पटक आहा रारा गोल्डकपको उपाधि उचाल्न सफल भयो । जितसँगै संकटले नगद नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो । आठ क्लबको सहभागिता रहेको प्रतियोगितामा उपाधि उचालेको टोली संकटाका गोलकिपर राजा बाबु थापा घोषित हुँदा संकटाकै निरज बस्नेत उत्कृष्ट डिफेन्डर भए । यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजा बाबु थापा चुनिँदै एक थान स्कुटर प्राप्त गरे ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top