भारतमा २४ घण्टामा एक लाख ५० हजार बढीमा सङ्क्रमण

२९ चैत, एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५० हजारभन्दा धेरै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार आठ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र कोरोनाका कारण आठ सय ३९ जनाको ज्यान गएको जनाएको छ ।

योसँगै भारतमा अब कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाखभन्दा धेरै भएको छ, त्यस्तै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६९ हजार दुई सय ७५ पुगेको छ ।

भारतमा कोरोना महामारीको पहिलो लहर देखिएको सङ्क्रमण दरभन्दा दोस्रो लहरको सङ्क्रमण दर धेरै चिन्ताजनक देखिएको छ ।

केही दिनयता भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । अहिलेसम्म भारतमा एक करोड ३३ लाख ५८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको र तीमध्ये एक करोड २० लाख ८१ हजारभन्दा धेरै निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गएको ७ अप्रिलमा एक लाख १५ हजार सात सय ३६, ८ अप्रिलमा एक लाख २६ हजार सात सय ८९, ९ अप्रिलमा एक लाख ३१ हजार नौ सय ६८ र १० अप्रिलमा एक लाख ४५ हजार तीन सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यसैबीच भारत सरकारले आइतवार ११ अप्रिलदेखि १४ अप्रिलसम्म चार दिनका लागि कोरोना भाइरसविरुद्ध ’खोप उत्सव’ मनाउने तयारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप उत्सवलाई कोरोनाविरुद्ध दोस्रो ठूलो युद्धको सुरुवात भएको बताएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top