२९ चैत, एजेन्सी । चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आइपीएल)मा १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ ।
शनिबार राति दिल्ली क्यापिटल्ससँगको खेलमा स्लो ओभर रेटको कारण धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना तिराइएको हो।
खेलमा दिल्ली क्यापिटल्सले चेन्नईलाई ७ विकेटले पराजित गरेको थियो ।