३० चैत, विराटनगर । नेपालमा एकैदिन थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको हो ।
यस्तै, २४ घण्टामा १३८ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार १६५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
नेपालमा कोरोना संक्रमणबाट आज एकैदिन १३ जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।
त्यस्तै ३ हजार ३ सय ६ जना सक्रिय संक्रमित र ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २३ लाख १७ हजार २ सय ८४ पीसीआर परीक्षण भएका छन् ।