प्रदेश १ का विभिन्न स्थानमा आगलागी, लाखौंको क्षति

३० चैत ७७, मंगलबार

३१ चैत, विराटनगर । खोटाङ र संखुवासभामा भएको आगलागीबाट लाखौंको क्षेति भएको छ ।

सोमबार दिउँसो २ बजे संखुवासभा धर्मदेबी ६ हुङबुङका नरबहादुर थायुम राईको घरबाट सल्लेको आगोले सलमान जिमीको घर र ईन्द्र बहादुर जिमीको कटेरो समेतमा आगोलागी भएको थियो ।

उक्त आगोबाट ३ वटा घर तथा घर भित्र रहेका सरसामानहरु, बाख्रा ८ वटा, सुगुर १ गरी अन्दाजी ३५ लाख २९ हजार बराबरको क्षेती भएको छ ।

Advertisement

आगोलागीको कारण भने खुल्न सकेको छैन् । सो आगो प्रहरी र स्थानियको सहयोगमा बेलुका ६ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

त्यस्तै आज बिहान साढे ४ बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थितमा रहेको हर्क राज राईले संचालन गरेको गणेश फर्निचर उद्दोगमा विद्दुतको तार सर्ट भई आगलागी हुँदा फर्निचरका सामानहरु, जेनेरेटर सहित अन्य सरसामान गरी अन्दाजी ५० लाख ८६ हजार बराबरको क्षेती भएको छ ।

Advertisement

सो आगो दम्कल, प्रहरी, सेना र स्थानियको सहयोगमा बिहान साढे ५ बजे नियन्त्रणमा आएको छ भने गत राती सभा २ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ ज्यामिरे का कुलमान चुहानको घर र गोठ गुवालीमा आगलागी हुँदा घर, गोठ सहित चौपायमा भेडा–२, बाख्रा ८ वटा, खसी –४ वटा, पाठा–६ वटा, पाठी–२ वटा मृ, कुखुरा –११ वटा जलि मरेका छन् ।

मानबिय क्षेती नभएको सो आगो प्रहरी र स्थानियको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top