नोबेल अस्पतालमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तको विरोध

३० चैत ७७, मंगलबार

३१ चैत, विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् ।

इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा चैत २५ गते चिकित्सकले भ्याकुम प्रयोग गरेको र त्यसले गर्दा शिशुको टाउकोमा प्वाल परेको आफन्तको दावी छ ।

भ्याकुम प्रयोगबाट जन्मिनेवित्तिकै छोरालाई आईसीयूमा राखिएको र तीन घण्टामा मृत्यु भएको जानकारी आफूहरुलाई दिइएको सरिताका श्रीमान मनिषले बताए ।

चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै आफन्तले शव नबुझेपछि ७ दिनदेखि शिशुको शव अस्पतालमै छ ।

शिशुकी आमालाई डिस्चार्ज गरी घर लगिएको छ र आफन्तले चिकित्सकले लापरबाही गरेको भन्दै कारबाहीको माग गरेका छन् । लापरवाही गर्नेलाई कारवाही प्रक्रिया अघि नबढेसम्म शव जिम्मा नलिने छिमेकी होमेश्वर ठाकुरले बताए ।

शिशुको मृत्युपछि आफन्तसँग अस्पताल प्रशासनले तीन पटक छलफल गरेको छ । छलफलमा एकलाख रुपैयाँ क्षतिपूर्ति लिएर शव बुझ्न दबाव दिएको थियो । आफन्तले भने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

नोबेल मेडिकल कलेजले भने चिकित्सकको लापरवाही नभएको दाबी गरेको छ । प्रसूति गराउँदा भ्याकुमको प्रयोग भएपनि चिकित्सकले लापरवाही नगरेको अस्पतालले जनाएको छ ।

भर्खर जन्मिएको बच्चाको टाउको नरम हुने भएकाले सामान्य असर गरेको तर टाउकोमा प्वाल परेको हल्ला गलत भएको अस्पतालको दाबी छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top