भारतले रुसी कोरोना खोप ‘स्पुतनिक-भी’ लाई दियो अनुमति

३१ चैत, काठमाडौँ । भारतले रुसमा बनेको कोरोना विरुद्धको खोप प्रयोगमा अनुमति दिएको छ ।

रुसमा बनेको स्पुतनिक ’भी’ खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि भारतका विज्ञ समूहले त्यहाँ यो खोपको आपत्कालीन प्रयोगका लागि सिफारिस गरेको थियो । योसँगै भारतमा अब कोरोना विरुद्धको तीन वटा खोप प्रयोगमा आउने छन् ।

सेरम इन्स्टिच्यूट अफ इण्डिया र अक्सफोर्ड एस्ट्राजेनेकाको सहयोगमा बनेको कोभिसिल्ड खोप तथा बायोटेक कम्पनीले उत्पादन गरेको खोप अहिले प्रयोगमा छन् भने अब रुसको स्पुतनिक ’भी’ खोप पनि प्रयोगमा आउने भएको हो । रुसमा बनेको खोपलाई भारतसमेत गरेर विभिन्न ६० देशले प्रयोग गर्न अनुमति दिएका छन् ।

भारतमा गएको २४ घण्टामा १ लाख ६१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतमा सक्रिय कोरोना सङ्क्रमितको संख्या १२ लाख ६४ हजार ७ सय पुगेको छ । यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण भारतभर ८७९ जनाको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १ लाख ७१ हजारभन्दा धेरै छ । भारतमा १० करोड ८५ लाख ३३ हजारभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top