आज कर्णालीका मुख्यमन्त्रीले विश्‍वासको मत लिँदै

३ वैशाख, वीरेन्द्रनगर ।
आफूविरुद्ध चर्को दबाब महसुस गर्दै आएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज संसदमा विश्वासको मत लिँदैछन् ।

Advertisement

आज बस्ने प्रदेशसभा बैठकमा उनले नेपालको संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिने भएका हुन्। कर्णालीमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।

नेकपा माओवादीले विश्वासको मतमा बहुमत जुटाउन प्रयास गरिरहेको छ। शाही नेतृत्वको सरकारले कर्णालीमा विकास निर्माणको काममा गति दिएको भन्दै माओवादीले विश्वासको मत दिन आह्वान गरेको हो।

Advertisement

तर नेकपा एमाले भने विश्वासको मत असफल पार्ने रणनीतिमा छ। दुवै पार्टीले नेपाली कांग्रेसलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन्।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाहीले नेपाली कांग्रेस, राप्रपा र एमालेभित्रकै कम्तीमा एक सांसद आफूतिर तान्नुपर्ने देखिन्छ। दिउँसो २ बजे प्रदेशसभा बैठक सुरु हुने छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top