आणविक भट्टीबाट निस्कने फोहोर पानी समुद्रमा नफाल्न जापानलाई चीनको आग्रह

japan

३ वैशाख, एजेन्सी । चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा फालेको भन्दै यसमा संवेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको छ ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भने, ’जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको छ’।

यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् ।

Advertisement

चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको पहिलो बैठक आयोजना गरेको र यसमा पनि समुद्रमा फालिएको फोहोर पानीको प्रसङ्गमा छलफल भएको प्रवक्ता चाउल बताए ।

दुवै पक्षले समुद्रमा आणविक फोहोर पानी निकाल्ने जापानको ‘एक पक्षीय’ निर्णयको बारेमा छलफल गरेको चिनियाँ अधिकारीले बताएका छन् ।

Advertisement

’चीनका साथै दक्षिण कोरियाले पनि जापानलाई अन्तर्राष्ट्रिय निकाय र छिमेकी देशहरूसँगको पूर्ण परामर्श, सम्बन्धित देशहरू र अन्तर्राष्ट्रिय संघसंस्थाहरूको पर्याप्त सहभागितामा आधारित फुकुशीमा आणविक केन्द्रको फोहोर पानीको मुद्दालाई विवेकपूर्ण तरिकाले अघि बढाउन आग्रह गर्दछन्, यो चीन र दक्षिण कोरियाको साझा स्थिति हो,’ प्रवक्ता चाउले भने ।

प्रवक्ता चाउले जापानको आणविक फोहोर पानी सुरक्षित छ भन्ने दाबी मात्र एकपक्षीय डाटामा निर्भर रहेको र यस अनुसन्धानमा अन्तर्राष्ट्रिय वातावरणमामिला अध्ययन गर्ने अन्तर्राष्ट्रिय संघसंस्था र छिमेकीहरूको विश्वास लिन आवश्यक रहेको उनले बताए ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top