चट्याङले लागेर दुई जनाको मृत्यु

२ बैशाख ७८, शुक्रबार

३ वैशाख, विराटनगर । भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई रहेका छन् ।

बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईडको टाउको देखि घाँटी सम्म जली अचेत अवस्थामा रहेकी उनको उपचारको लागी तयारी हुँदा हुँदै राती ११ बजे घरैमा मृत्यु भएको थियो ।

Advertisement

राईको सोही दिन बेलुका ६ बजे आफ्नै घरमा बसीरहेको अवस्थामा अचानक चट्याङ लागी बेहोस भई लडी टाउकोमा चोट लागी घाईते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top