झापाका विभिन्न ठाउँमा भएको आगलागीबाट १ करोड बढीको क्षति

४ बैशाख ७८, आइतबार

५ वैशाख, झापा । झापाका विभिन्न ठाउँमा गएराति भएको आगलागीबाट १ करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

बुद्धशान्ति गाउँपालिका–४ देवी बस्तीको ज्योती विमलीको बाख्रा फार्ममा राति साढ २ बजे आगलागी हुँदा ६५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

आगलागी हुनुको कारण खुलेको छैन । यस्तै, भद्रपुर नगरपालिका सातमा फर्निचर उद्योगमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

Advertisement

चट्याङ्ग परेर विद्युत सर्ट हुँदा यादवराज पोखरेलले सञ्चालन गरेको फनिर्चन उद्योगमा आगलागी भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top